site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
भ्याट बिल काट्ने पप्पु : श्रमिकको नाममा २६ कम्पनी दर्ता, कमिसन रेट ४ प्रतिशत

काठमाडौं । सर्लाहीका रामकिशोर प्रसाद सितापाइलाको पद्म कोलोनीमा बस्छन् । उनको पेशा हो, भ्याट (मूअ कर अर्थात् मूल्य अभिवृद्धि कर) बिल बेच्ने र कोरोबार रकमको ४ प्रतिशतसम्म कमिसन लिने ।

उनलाई सबैले ‘पप्पु भ्याट’ भनेर चिन्ने गरेको राजस्व अनुसन्धान विभागका महानिर्देशक दीर्घराज मैनालीले जानकारी दिए ।

राजस्व अनुसन्धान विभागको सुरूवाती अनुसन्धानबाट उनले विभिन्न व्यापारीलाई जे वस्तु बेचेको बिल चाहिएको सोहीअनुसारको बिल बनाइदिने गरेको खुलेको छ । विभागका महानिर्देशक मैनाली भन्छन्, "अनुसन्धानका क्रममा वास्तवमा कपडा आयात गर्ने तर काटिएको बिलमा काट्ने डन्डी, सिमेन्ट, फोटोकपी कागज, वा जसलाई के चाहिन्छ, सोहीअनुसार बिल बनाउने गरिएको पाइएको छ । यसबाट उनले ३ देखि ४ प्रतिशत कमिसन लिने खुलेको छ ।"

बिल बनाएर बेच्नकै लागि उनले २८ जनाको नाममा  २६ वटा कम्पनी खोलेर भ्याटमा दर्ता गरेको भेटिएको छ । ती सबै कम्पनी मजदुर तथा श्रमिकलाई फकाइफुलाइ गरेर खोलेको मैनालीले जानकारी दिए । 

बाह्रखरीसँग उनले भने, "केही रूपैयाँ दिएर उनीहरूको कागजात लिने, कम्पनी खोल्ने, श्रमिककै नाममा बैंक पनि चलाउने गरेको पाइयो ।"

रामकिशोरलाई चिन्नेले उनलाई पप्पु भ्याट भन्ने अनुसन्धानका क्रममा पनि पाइएको छ । मैनालीले भने, "औपचारिक नाम रामकिशोर प्रसाद रौनियार रहेको भए पनि पप्पु भ्याट भनेर चिनिने गरेको  खुलेको छ । उनको नम्बर कसैले पप्पु भ्याट भनेर सेभ गरेको पाइयो ।"

सितापाइलाको पद्म कोलोनीमा उनको घर छ । सरकारले रामकिशोरको सो घरसमेत सबै सम्पत्ति रोक्का गरेको छ । सम्पत्ति जफत गर्ने प्रयोजनका लागि उनकी श्रीमती सावित्री रौनियारको नाममा रहेको सम्पत्ति पनि रोक्का गरिएको छ ।

रामकिशोरले आफ्नो सम्पत्ति श्रीमतीका नाममा राखेको खुलेको हो । विभागले अनुसन्धानका लागि सम्पत्ति शुद्धीकरण विभागमा पठाउने निर्णयसमेत गरेको छ । रामकिशोर अहिले फरार छन् । उनी यसअघि हिमालयन कार्गो नामक ट्रान्सपोर्ट कम्पनीमा संलग्न थिए । हिमालयनका मालिक बिनोद गुप्ता अहिले राजस्व चुहावटको मुद्दामा जेलमा छन् ।

ती २६ कम्पनीको बिल प्रयोग गरेर कारोबार गर्नहरूबारे पनि विभागले अनुसन्धान गरिरहेको महानिर्देशक मैनालीले जानकारी दिए ।  रामकिशोरसमेत २६ जनाबाट १ अर्ब ३२ करोड ४६ लाख बिगो असुल गरी जरिवाना र कैद सजाय मागदावी लिई विभागले शुक्रबार उच्च अदालत, पाटनमा मुद्दा दायर गरेको छ ।

कमजोर आर्थिक अवस्था भएका मजदुरलगायतका व्यक्तिको नाममा कम्पनी दर्ता गरि सबै फर्मको बैंक खाता सञ्चालन पनि रामकिशोरले नै गर्थे । आव २०७१/७२ देखि २०७४/७५ सम्ममा ती कम्पनीले मूअ कर तथा आयकर राजस्व चुहावट गरेका हुन् । मुअ करतर्फ ४३ करोड ८१ लाख, आयकर तर्फ ८६ करोड ५६ लाख र लाभांश करतर्फ २ करोड ८ लाख चुहावट गरेको राजस्व अनुसन्धान विभागको ठहर छ ।
 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शुक्रबार, पुस १७, २०७७  १९:४४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
चौताराहरू लोप हुने जोखिम
चौताराहरू लोप हुने जोखिम
Hamro patroHamro patro