site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
 किन गइरहेको छ झ्याप-झ्याप बत्ती ?, प्राधिकरण प्रमुख भन्छन्- अब लोडसेडिङ चाहेर पनि हुँदैन
Sarbottam CementSarbottam Cement

काठमाडौं । देशका अधिकांश क्षेत्रमा सोमबार विद्युत् अवरुद्ध भयो । आधा घण्टाभन्दा बढी समय भएको विद्युत् अवरोधले देश फेरि लोडसेडिङको युगमा फर्किएको आशंका जन्मायो । यसअघि पनि झ्याप्प-झ्याप्प बत्ती नगएको होइन, अहिले पनि गइरहेको छ । तर, यसरी विद्युत् अवरोध हुनुको संकेत लोडसेडिङ नभएको विद्युत् प्राधिकरणका अधिकारी बताउँछन् । अब देशमा लोडसेडिङ चाहेर पनि हुन नसक्ने उनीहरूको भनाइ छ ।

प्राधिकरणका कायममुकायम कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य यसरी बत्ती गइरहेको संख्या गत वर्षको भन्दा बढी नभएको दाबी गर्छन् । “पोहोर साल पनि जाडो बढेका बेलामा यसरी नै बत्ती जान्थ्यो,” उनले भने । साउन, भदौ, असोजमा बत्ती जाने गरेको, कात्तिक र मंसिरमा नगएको र पुनः पुस र माघमा जाडो बढेपछि झ्याप-झ्याप गत वर्ष पनि गएको उनले बताए ।

Prabhu Bank
Agni Group
NIC Asia

“तथ्यांक हेर्दा पोहोरभन्दा यो वर्ष कमै बत्ती गएको छ,” उनले दाबी गरे । साउनदेखि पुससम्म २२ पटक यसरी नै बत्ती गएको छ । गत वर्ष पनि यो अवधिमा २२ पटक नै यसरी नै बत्ती गएको तथ्यांक रहेको उनले बताए । यो वर्ष साउनमा मात्रै १० पटक यस्तो भएको उनले बताए । “भदौ, असोज, कात्तिक, मंसिर र पुसमा १२ पटक बत्ती गएको छ । भदौदेखि पुससम्म गत वर्षभन्दा कम बत्ती गएको छ,” उनले भने ।

शाक्यका अनुसार पोहोरभन्दा यस वर्ष विद्युत्‌को माग ५० मेगावाट बढेको छ । यस अवधिमा गत वर्ष विद्युत्‌को माग १४०७ मेगावाट रहेको र अहिले बढेर १४५७ मेगावाट पुगेको उनले बताए । अझै विद्युत्‌को माग बढ्दै जाने उनले बताए । 

Global Ime bank

किन गइरहेको छ त बत्ती ?
उनका अनुसार लोड बढी हुँदा पुरानो तार ‘स्पार्किङ’ हुँदा यस्तो समस्या आएको हो । जाडो समयमा लोड बढ्दै जाँदा पुरानो तारहरूमा समस्या देखिएको उनले बताए । “पुरानो प्रणाली भनेर हामीले सुख त पाउने होइन, हामीले हेर्नुपर्ने त हो । हामीले हेर्ने भनेर भनिरहेको पनि छौं । मैले वितरण केन्द्र प्रमुखहरूलाई यो ट्रिप हुनुभन्दा अगाडि नै मोनिटरिङ/पेट्रोलिङ गरेर जहाँ समस्या देखिन्छ त्यसको समाधान गर्नू भनेर निर्देशन दिएको छु,” उनले भने । समस्या आएपछि दौडिनेभन्दा पनि समस्या आउनुअगाडि नै समस्या आउन नदिन निर्देशन दिएको उनले बताए । “समस्या आएपछि मात्रै दौडिँदा कसैले पनि जस पाउँदैन । जस पाउने हो भने समस्या आउनुअगाडि नै दौडनुपर्छ भनेको छु,” उनले भने । 

ट्रान्सफर्मरमा कुनै समस्या नरहेको तर पुरानो तारमा भने समस्या देखिएको उनले बताए । “पोहोर धेरै ट्रान्सफर्मर गएको थियो, अहिले ट्रान्सफर्मर जाँदैन किनभने ठूला-ठूला क्षमताको ट्रान्सफर्मर धेरै फेरिइसकिएको छ । ट्रान्सफर्मरको समस्या छैन, लाइनको समस्या भएको हो,” उनले भने । उनले अब लोडसेडिङ कसैले चाहेर पनि नहुने बताए । “लोडसेडिङ हुन्छ भन्ने मनोगत त्रास मात्रै हो, कुनै पनि हालतमा लोडसेडिङ हुँदैन ।”

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, पुस १६, २०७७  ०९:११
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
राजनीति फेरि ओरालोतिर !
राजनीति फेरि ओरालोतिर !