site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
तामझाममै सीमित सडकमानवमुक्त अभियान (११ तस्बिर)

काठमाडौं । सडकमानवमुक्त अभियान तामझाममै सीमित देखिएको छ । कोरोनाकालयता काठमाडौंका धार्मिक तथा पर्यटकीय क्षेत्रमा सडकमानव थपिएको देखिन्छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले  भाषणमा पटक–पटक भन्दै आएका छन्, ‘‘सडकमानवलाई व्यवस्थापन गर्ने जिम्मा सरकारकै हो । हिजोजस्तै सडकमानव अहिले छैनन् । भए पनि न्यूनरूपमा सडकमानव छन् ।  सहयोगापेक्षी मानव पनि छैनन् । भिख माग्दै हात थाप्ने मानिसहरू पनि छैनन् ।’’ 

तर, प्रधानमन्त्रीको बोली भाषणमै सीमित देखिएको छ ।

२०७६ वैशाखमा राष्ट्रिय योजना आयोगको पूर्ण बैठकमा प्रधानमन्त्री ओलीले भनेका थिए, ‘‘सडकमा माग्दै हात थापिरहेका मानिस भेट्टाइयो भने  तुरुन्त फोन गर्नुस् ।’’

तर, सडकमानवलाई सरकारले वास्ता नगरेको अभियन्ता बताउँछन् । ‘‘पशुपतिमा देखिने अधिकांश सडक बालबालिका अभिभावक गुमाएका हुन् । यिनीहरूलाई उचित शिक्षा–दीक्षा र आवासको खाँचो छ,’’ सामाजिक अभियन्ता अजय अधिकारी भन्छन् ।

कोरोनाकालमा व्यक्तिगतरुपमा करिब तीन हजारको हाराहारीमा सडकमानवलाई खाना र ओड्ने सिरक वितरण गरेको उनी बताउँछन् ।

काठमाडौं महानगरपालिकाले एक वर्षअघि धुमधामका साथ सहयोगापेक्षी सडकमानवमुक्त काठमाडौं महानगर घोषणा गरेको थियो । तर, त्यो पनि घोषणामै सीमित भएको छ ।

काठमाडौंका अधिकांश धार्मिक तथा पर्यटकीय स्थलमा सडकमानवको चाप बढ्दो छ । नवजीवन परोपकार समाजका संस्थापक अध्यक्ष दुर्गानाथ दाहालले बौद्ध, पशुपति, स्वयम्भू, रत्नपार्क, न्युरोडलगायत क्षेत्रमा सडकमानव धेरै भेटिने गरेको बताए ।

सरकारले मानवसेवा आश्रमको समन्वयमा यही पुस ७ गतेदेखि एकमहिने मेची–महाकाली सडकमानवमुक्त अभियान सञ्चालन गरेको छ ।

सहयोगापेक्षी (बेसहरा, अशक्त, असहाय, अनाथ, अभिभावकविहीन), सडकआश्रित मानवहरुको उद्धारको लागि मेची–महाकाली अभियान सुरु गरिएको जनाइएको छ ।

पछिल्लो समय काठमाडौंमा सडकमानव बढ्दै जानुको कारण खोजी भइरहेको छ ।

कोरोनाका कारण सडकमा आएका सडकमानवलाई व्यवस्थापन गर्न पहल थालिएको काठमाडौं महानगरपालिकाका प्रवक्ता ईश्वरमान डंगोल बताउँछन् ।

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

 

 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, पुस १३, २०७७  ०९:२४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro