site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
समताकी अस्मितालाई दुई करोडको बधाई !

काठमाडौं । मासिक रू एक सयमा नेपालको सस्तो विद्यालय समता स्कुलमा पढ्दै आएकी अस्मिता अधिकारी विश्वको महंगो स्कुलमध्ये एकमा पढ्न पाउने भएकी छन् ।  संसारको महंगोमध्ये एक र सुविधायुक्क्त आइगलन कलेज स्वीजरल्याण्डमा छात्रवृत्तिमा पढ्न पाउने भएकी हुन् ।  जोन कर्लेटले १९४९ मा स्थापना गरेको आइगलन विश्वकै विशिष्टमध्येको एक हो ।

सानैदेखि तीक्ष्ण बुद्धिकी अस्मिता कक्षा १० मा पढ्दा आइगलन कलेजका संस्थापक प्राध्यापक रिचर्ड म्याकडोनाल्ड नेपालको समता स्कुल आएका थिए ।  नेपालकै न्यून शुल्कमा अध्यापन गराउने स्कुलका संस्थापक उत्तम सञ्जेललाई वर्षमा एकजना विद्यार्थी छात्रवृत्तिमा स्वीजरल्याण्ड लैजाने कुरा गरेका थिए । 

अस्मिताको पारिवारिक अवस्था न्युन हो । उनका बुबा ट्याक्सी चालक हुन् । उनले ट्याक्सी चलाएर परिवार र दुई छोरीलाई समता स्कुलमा पढाउँदै आएका छन् ।  अस्मिताका बुबा अमृतले छोरी विश्वकै महँगो कलेजमा छात्रवृत्तिमा पढ्न पाउने भएपछि एकदमै खुसी व्यक्त गरेका छन् । उनी भन्छन्, “ट्याक्सी चलाएरै मैले महँगो कलजेमा पढाउन सक्दैनथे । तर बीचमा यस्तो मौका जुरेको छ । छोरीलाई सस्तो स्कुल भनेर समता स्कुलमा पढाएको थिएँ ।” 

३.९ जीपीए ल्याएकी उनी १० कक्षामा हुँदा रिचर्ड म्याकडोनाल्डले मौखिक र लिखित परीक्षा लिएका थिए ।  करिब पाँचसय जनामा लिइएको परीक्षामा धेरैले भविष्यमा पाइलट, डाक्टरलगायत बन्ने भनेका थिए भने अस्मिताले म्युजिक भनिन् । म्याकडोनाल्डले सबैको फरक सोचाइकाबीच आएका मौखिक र लिखित कागज लगेका थिए । त्यसमध्ये अस्मिता छानिएकी हुन् ।   

उनी सो कलेजमा जीसीएसइ पढ्ने भएकी छन् ।  अस्मितालाई स्वीजरल्याण्ड पढ्न जाने कुरा पहिला नै थाहा थियो । तर एकाबिहानै रूटिन अफ नेपाल बन्दमा उनको नाम आएको रहेछ । विश्वको महंगो कलेजमध्येको एक कलेजमा छात्रवृत्तिमा पढ्न पाएकोमा २ करोडको बधाई भनेर ।  उनले खुसी व्यक्त गर्दै भनिन्, “मैले नेपालमा कानुन विषय पढ्ने सोचेकी थिएँ । तर यस्तो राम्रो मौका पाएकी छु । खुसी छु ।”

समता स्कुल तथा फाउन्डेसनले सन् २००० बाट अंग्रेजी माध्यममा नर्सरीदेखि डिग्रीसम्म मासिक सय रुपैयाँमा पढाइ सञ्चालन गर्दै आएको छ ।  समता स्कुलका संस्थापक उत्तम सञ्जेलले समता स्कुलको बारेमा सबै जानकारी गराउँदा रिचर्ड म्याकडोनाल्ड धेरै खुसी भएका थिए ।  पछि प्रत्यक्ष उनी आफैँ काठमाडौं आएका थिए ।

समता स्कुलका संस्थापक उत्तम सञ्जेलले आइगलनमा पढ्दा वार्षिकसहित सबै शुल्क जोड्दा दुईकरोड हुन आउने बताए । “यो समताको सौभाग्य हो अबदेखि बर्षेनी एकजना विद्यार्थी त्यहाँ छात्रबृत्तिमा पढ्न जान पाउँनेछन् । बर्सेनी एकजना विद्यार्थीले त्यस्तो अवसर पाउनेछन् ।”

NIBLNIBL
प्रकाशित मिति: बुधबार, मंसिर २४, २०७७  १७:२३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro