site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सकिन लाग्यो २२ तले धरहरा, गजुर पनि राखिने 

काठमाडौं । विनाशकारी ‘गोरखा भूकम्प’ले ढलाएको धरहरा नयाँ स्वरूपमा निर्माण भइरहेको छ । धरहरा निर्माणको १९औं तलासम्मको काम सम्पन्न भइसकेको छ । २०औं तलाको काम पनि आइतबार सकिने निर्माण कम्पनीले जनाएको छ ।

अहिले २२ तले धरहरा बनाउन लागिएको हो । भित्रबाट २२ तलाको भएपनि बाहिरबाट भने ११ तलाजस्तै देखिनेछ । धरहरा पुनःनिर्माणको काम गरिरहेको जीआईईटीसी रमन–जेभीले गएको असोजमा काम सक्नुपर्ने थियो । कोरोना महामारीका कारण केही समय काम रोकियो ।

राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले अब २०७८ असार १६ गतेसम्म निर्माण सम्पन्न गर्नुपर्ने गरी म्याद थप गरेको छ । निर्माण कम्पनीले ‘लकडाउन’को समयमा काम गर्न नपाएको भन्दै थप २१ महिना माग गरेको थियो । तर, प्राधिकरणले नौ महिना अवधि थपेको हो । युरोपेली युनियनको प्राविधिक सहयोगअन्तर्गत प्राधिकरणमा कार्यरत राजुमान मानन्धर भन्छन्, “काम धमाधम भइरहेको छ । अहिले धरहराको १९औं तला सकिएर २०औं तला सम्पन्न गर्न लागिएको हो ।”

अब करिब दुई तलाको मात्रै काम बाँकी रहेको उनले जानकारी दिए ।  धरहराको उचाइ बढ्दै गएकाले हावाको वेगले काम गर्न केही कठिनाइ भएपनि कामलाई तीव्रताका साथ अघि बढाएको उनले बताए । दैनिक १०० हाराहारीमा कामदारहरू निर्माणमा खटिएका छन् । मध्यरातिसम्म पनि काम हुने प्रोजेक्ट म्यानेजर श्यामचन्द्र श्रेष्ठले बताए ।

नयाँ धरहरामा पुरानै डिजाइनका झ्यालहरू बन्नेछन् । “धरहरामा पुरानै गजुर स्थापना गरिनेसम्बन्धी छलफल अघि बढेको छ,” मानन्धरले भने । धरहरा परिसरको पर्खालको काम पनि अहिले जारी छ । संग्रहालयको काम पनि भइरहेको छ । अहिलेको नयाँ संरचना बालबालिका, वृद्धवृद्धा र अपाङ्गतामैत्री हुने जनाइएको छ ।

विभिन्न संरचना निर्माण गरिँदा धरहरा परिसर फराकिलो हुनेछ ।

करिब तीन अर्ब ४८ करोड रुपैयाँको लागतमा धरहरा बन्न लागेको हो । दुई वर्षमा सकाउने गरी ०७५ असोज २१ मा पुनःनिर्माणको काम सुरु गरिएको थियो । वि.सं. १८८२ सालमा तत्कालीन प्रधानमन्त्री भीमसेन थापाले बनाउन लगाएको धरहरा ११ तलाको थियो । १९९० माघ २ को महाभूकम्पमा भत्किएपछि नौतले भयो । ०७२ वैशाख १२ को भूकम्पमा पूर्णरुपमा क्षति पुगेसँगै अहिले २२ तले बन्न लागेको हो ।

 

 


 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, मंसिर २१, २०७७  १२:४७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro