site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
कहिले हट्छ उपत्यकामा जोर–बिजोर ? प्रजिअ भन्छन्–छलफल गर्दैछौँ
Sarbottam CementSarbottam Cement

काठमाडौं । लामो समयको लडकाउन खुलेसँगै देशभर सवारीसाधन निर्वाध सञ्चालन भए पनि काठमाडौं उपत्यकामा भने जोर–बिजोर कायमै प्रणाली छ । भदौ २५ गतेबाट उपत्यकाका सबै सवारीसाधनमा जोर–बिजोर प्रणाली लागु भए पनि त्यसको व्यवस्थापन र कहिले खुल्छ भन्नेमा सरकारी पक्षले निर्णय नलिँदा नागरिकमा अन्योल पैदा भएको छ ।

कोरोना महामारी नियन्त्रण गर्न भन्दै उपत्यकामा जोर–बिजोर प्रणाली लागू गरिएको थियो ।  सरकारी पक्षले जोर–बिजोर माध्यमबाट कोरोना महामारी न्यूनीकरण हुने दाबी गर्दै आएको भए पनि उपत्यकामा संक्रमणको दर निरन्तर बढ्दो छ । गत साता मात्रै काठमाडौंका प्रमुख जिल्ला अधिकारी फेरिएका छन् । अहिले प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुली छन् । 

Prabhu Bank
Agni Group
NIC Asia

लामो समयदेखिको जोर–बिजोर प्रणाली कहिलेसम्म कायम रहन्छ भन्ने प्रश्नमा प्रमुख जिल्ला अधिकारी पराजुलीले भने,“उपत्यकाका कतिपय विषयमा माथिल्लो निकायसँगको विषय पनि रहन्छ । मैले जोर–बिजोरबारे आन्तरिक छलफल थालेको छु । कोरोना नियन्त्रणमा सहयोग पुगोस् भनेर गरिएको निर्णय हो । सवारी कम चल्दा भिडभाड कम हुन्छ भन्ने हो । तर यसबारे हामी छलफलमा छौँ ।”

जोर–बिजोर प्रणाली लागू भएको तीनमहिना पुग्न लाग्दा पनि यसलाई व्यवस्थित गर्नेबारे कुनै तयारी थालिएको छैन ।  जोर–बिजोरको सबैभन्दा मारमा मोटरसाइकल प्रयोगकर्ता परेका छन् ।  मोटरसाइकल सार्वजनिक सवारी साधन नभए पनि उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको भदौमा बसेको बैठकले मोटरसाइकलमासमेत जोर–बिजोर प्रणाली लागू गरेको थियो ।

Global Ime bank

जसका कारण दैनिक काममा निस्कनेहरुलाई सकस भएको हो । त्यसो त उपत्यकामा सबै सवारी चल्न दिँदा भिडभाड कम हुने कतिपयको तर्क छ ।  पछिल्लो समय सबैजसो सरकारी कार्यालय, बजार व्यवसाय, होटललगायत खुलिसकेको छ । मानिसहरु पनि बाहिर निस्कन थालेका छन् । यस्तोमा सीमित मात्रै सवारी साधन चल्दा सवारीमा यात्रुको चाप समेत बढ्न थालेको देखिन्छ ।  

महानगरीय ट्राफिक महाशाखाले जोर–बिजोर उल्लंघन गरेको भन्दै दैनिक सयौं सवारीसाधनमाथि कारबाही (होल्ड) गर्दै आएको छ । ट्राफिकका अधिकारीहरु आफूहरुले सरकार र प्रशासनले गरेको निर्णय कार्यान्वयन गरिरहेका बताउँछन् । उपत्यकाका तीन जिल्ला (काठमाडौं, भक्तपुर र ललितपुर) का प्रमुख जिल्ला अधिकारीहरुको बैठकले जोर–बिजोर प्रणाली लागू गरेको थियो । जोर–बिजोर प्रणाली हटाएर जनजीवन सहज बनाउनुपर्ने माग सरकोरवालाले गर्दै आएका छन् ।

प्रहरीकै अधिकारीहरु जोर–बिजोरको औचित्य नै नभएको दाबी गर्दै आएका छन् । 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, मंसिर १६, २०७७  १०:१७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय