site stats
बाह्रखरी :: Baahrakhari
अविच्युरी
Nabil BankNabil Bank
रारा चाउचाउसँग जोडिएको १८ वर्षको सम्बन्ध 
Sarbottam CementSarbottam Cement

काठमाडौं । २०५७ सालताका मोफसलमा फुटबलको त्यति रौनक थिएन । जे जति थियो काठमाडौंमा सीमित थियो । पोखरामा पहिलोपटक जिल्ला स्तरको ठूलो खेलकुद प्रतियोगिता आयोजना भयो । 

सहारा क्लब पोखराले खेलकुद प्रतियोगिताको आयोजना ग¥यो । सहारा क्लबको आयोजनामा भएको प्रतियोगिताले राम्रो रुप लियो । पहिलो वर्ष जिल्ला स्तरमा सफल पारेको प्रतियोगिताले अर्काे वर्ष सफलताको शिखर चुम्न सफल भयो ।  उक्त प्रतियोगिता दुईवर्षमै अन्तराष्ट्रिय स्तरको बन्न सफल भयो । प्रतियोगिताको नाम थियो क्यारावन गोल्ड कप । 

Prabhu Bank
Agni Group
NIC Asia

२०५८ सालमा क्यारावन गोल्ड कप हुँदै प्रतियोगिताको नाम परिवर्तन भयो । प्रतियोगितासँग जोडिन पुग्यो, हेन्सी फुड्स । हेन्सी फुड्स क्यारावन गोल्ड कपको सह–प्रायोजकको रुपमा अयो । 

प्रतियोगिता नाम २०६९ सालमा परिवर्तन भयो । उक्त प्रतियोगिताको नाम परिवर्तन भयो । प्रतियोगितासँग जोडिन आएको थियो आहा चाउचाउ । रारा चाउचाउकै उत्पादन आहा चाउचाउबाट नै नामाकरण भयो प्रतियोगिताको नाम । आहा गोल्डकपबाट प्रतिगिताको १० संस्करण सम्पन्न भए । 

Global Ime bank

उक्त प्रतियोगिताको १० वर्षसम्म नेपाली घरेलु फुटबलमा बेग्लै छाप छोड्न सफल भयो ।  यसको सम्पूर्ण श्रेय नै सूर्यबहादुर केसीलाई जान्छ । उनैले स्थापना गरेको चाउचाउका कारण उक्त प्रतियोगिता सम्पन्न गर्न सहज भएको थियो, र निरन्तरता पनि ।  “सशस्त्र द्वन्द्वको समयमा धेरै उद्योगहरु बन्द थिए । स्पोन्सरहरुले पनि साथ दिने अवस्था थियो । त्यो समयमा हामीलाई रारा चाउचाउले निै साथ दियो । प्रतियोगिता पनि सम्पन्न भयो,” सहारा क्लबका पूर्वअध्यक्ष विक्रम थकालीले बाह्रखरीसँगको कुराकानीमा भने । 

रारा चाउचाउका संस्थापक स्वर्गीय सूर्यबहादुर केसी उक्त समयमा पोखराको खेलकुद क्षेत्रमा विकास पुर्‍याउने उद्देश्यले  खेलकुदमा आफूले केही योगदान गर्न चाहेको पूर्वअध्यक्ष थापालाई बताएका थिए ।  उनले प्रतियोगितालाई आर्थिकलगायत भौतिक सहयोग पनि गरेका थिए । जसले गर्दा प्रतियोगिताले सफल १८ वर्ष पूरा गरेको छ । 
प्रतियोगिताको १८ औं संस्करण सम्पन्न भएर १९ औं संस्करणको तयारी छ । २०६९ सालमा १० वर्षको सम्झौता गर्दै सञ्चालन भएको आहा रारा गोल्ड कपको दुई संस्करण अझै बाँकी छ ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, कात्तिक २९, २०७७  ०७:०७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय