site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
असई हत्याकाण्ड : भेटिएनन् सँगै ड्युटी गएका प्रहरी जवान र हतियार ?
Sarbottam CementSarbottam Cement

काठमाडौं । कैलालीको धनगढी उपमहानगरपालिका १२ को अस्थायी प्रहरी बिट जुगेडाका इञ्चार्ज असई गोविन्द विक आइतबार बिहान मृत भेटिए ।  उनीसँगै मोटरसाइकलमा सीमा क्षेत्रको गस्तीमा निस्किएका प्रहरी जवान रामबहादुर साउँद भने भेटिएका छैनन् ।

४८ घण्टा बित्न लाग्दासमेत उनको अवस्थाबारे कुनै जानकारी र सुराक प्रहरीले पाउन सकेको छैन । तर उनले प्रयोग गर्ने गरेको मोबाइल र एउटा बुट फेला परेको छ । अनुसन्धानमा संग्लन एक अधिकारीले भने,“प्रहरी जवान साउँदको मोबाइलका कयौं टुक्रा पारिएको छ । एउटा बुट भेटिएको छ । उनले तस्कर समूहसँग प्रतिवाद गरेको हो कि भन्ने देखिन्छ ।”

शनिबार राति ८ बजे मोटरसाइकलमा ड्युटीमा निस्किएका उनीहरु नफर्किएपछि प्रहरी टोलीले खोजी सुरु गरेको थियो । विकले चढ्ने बा ५८ प ५२८४ नम्बरको मोटरसाइकल शव भेटिएको स्थानदेखि साढे २ किलोमिटर पश्चिमतर्फ भेटिएको थियो  ।  प्रहरीले सीमा क्षेत्रमा तस्करको समूहका गतिविधि निगरानी र नियन्त्रण गर्न पुगेका उनीहरु तस्करकै सिकार बनेको दाबी गर्दै आएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

बिहानसम्म पनि उनीहरु चौकीमा नफर्किएपछि खोजी गर्ने क्रममा सुरुमा उनीहरुले प्रयोग गरेको मोटरसाइकल भेटिएको थियो । खोजीकै क्रममा मोहना नदीमा एउटा शव भेटिएको थियो । नदीमा भेटिएको शव असई विकको भएको पुष्टि भएको थियो । अनौपचारिक रुपमा प्रहरी अधिकारी प्रहरी जवान साँउद पनि तस्करकै आक्रमणको सिकार भएको हुन सक्ने बताइरहेका छन् ।

एक प्रहरी अधिकारीले भने,“तस्कर समूहले नियोजित रुपमा प्रहरीको हत्या योजना बनाएको हाम्रो बुझाई छ । हामीलाई केही क्लु पनि मिलेको छ । तस्कर समूहले नै साउँदको पनि हत्या गरेरै शव लुकाएको छ कि भन्ने लागेको छ ।” घटनास्थलबाट प्रहरीले प्रयोग गर्ने गरेको हतियार भेटिएको छ्रैन । प्रहरीमाथि नै आक्रमण गर्ने समूहले हतियार लुटेर लगेको हुनसक्ने आशंका प्रहरीको छ । 

Global Ime bank

प्रहरी टोलीले घटनास्थल वरपर साउँदको खोजी तीव्र पारेको छ । गएराति १० बजेसम्म खोजी गर्दा पनि साउँदको अवस्थाबारे जानकारी पाउन नसकेपछि आज बिहानैबाट फेरि खोजीमा जुटेको सुदूरपश्चिम प्रदेशका डीआईजी उत्तमराज सुवेदीले जानकारी दिए । डीआइजी सुवेदी तस्करको समूहले नियोजित रुपमा प्रहरीमाथि आक्रमण गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको बताउँछन् । 

डीआइजी सुवेदीले बाह्रखरीसँग भने,“अनुसन्धानबाट केही कुरा खुलेका छन् । अनुसन्धानमै रहेकाले सार्वजनिक गर्न मिल्दैन । तर छिट्टै अपराधीसम्म हामी पुग्छौं ।” असई विकको शव भेटिएको स्थान नेपाल–भारत सीमा क्षेत्र हो । केही दिनअघि असई विकको टोलीले सोही नाका भएर अवैध रुपमा नेपाल भित्रिँदै गरेको सुर्तीजन्य पदार्थ बरामद गरेको थियो । 

सो क्षेत्र अपराधिक गतिविधि हुने क्षेत्र मानिँदै आएको छ । मोहना नदीले नेपाल–भारतको सीमा छुट्याएको छ ।  दुवैतर्फ रानाथारु समुदायको बस्ती छ । वितगमा पनि नेपालमा अपराध गरेर भारतमा लुक्ने र भारतमा अपराध गरेर नेपाल पस्ने गरेको पाइएको प्रहरी अधिकारी बताउँछन् ।  सो क्षेत्रबाट तस्करले अवैध सामान मोहना नदी तरेरै नेपाल भित्र्याउने गरेका छन् ।

त्यसैले प्रहरीले हत्यामा भारतीय तस्कर समूहको पनि संग्लनता हुनसक्ने अनुमान गरेको छ । घटनामा संग्लन रहेको आशंकामा प्रहरीले ११ जनालाई नियन्त्रणमा लिएको छ । मृत भेटिएका असई विककी श्रीमतीसहित  दुई छोरी छन् । प्रहरी सेवामा ३ वर्ष मात्रै बिताएका विक २ महिना पहिले सुर्खेतमा कार्यरत थिए । उनको परिवार कञ्चनपुरको पुनर्वासमा बस्दै आएको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, कात्तिक ३, २०७७  ०८:५०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
अनशनकारीको उपेक्षा नगर !
अनशनकारीको उपेक्षा नगर !