site stats
बाह्रखरी :: Baahrakhari
देश
कैलाली असई हत्या प्रकरणमा ११ जना पक्राउ

काठमाडौं । कैलालीमा असई हत्या प्रकरणमा संलग्‍न भएको आशंकामा प्रहरीले ११ जनालाई नियन्त्रणमा लिएको छ । 

गएराति कैलालीमा तस्कर समूहले एक प्रहरीको हत्या गरेको विषयमा अनुसन्धानका क्रममा ११ जनालाई प्रहरीले नियन्त्रणमा लिएको सुदूरपश्‍चिम प्रहरी प्रमुख डीआजी उत्तमराज सुवेदीले जानकारी दिएका छन् । 

गएराति धनगढी उप-महानगरपालिका १२ को अस्थायी प्रहरी विट जुगेडामा कार्यरत प्रहरी सहायक निरीक्षक (असई) गोविन्द विक र प्रहरी जवान रामबहादुर साउँद ड्युटीमा निस्किएका थिए ।

Argakhachi Cement Island Ad

जसमध्ये एकजनाको शव आइतबार बिहान मोहना नदीमा भेटिएको थियो । 

प्रहरी जवान रामबहादुर साउँद भने अझै फेला परेका छैनन् । तर उनले प्रयोग गर्ने गरेको मोबाइल भने फेला परेको छ । उनको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।

तस्कर समूहले प्रहरीको हत्या गरी पानीमा फालेको हुनसक्ने प्रहरीको दाबी छ ।

फाइल तस्बिर ।

कैलालीमा भेटिएको शव असई गोविन्द विकको भएको पुष्टि, घाँटी रेटेर हत्या

कैलालीमा तस्कर समूहद्वारा एक प्रहरीको हत्या, एकजना सम्पर्कविहीन

कैलालीमा ड्युटीमा गएका दुई प्रहरी सम्पर्कविहीन, एकजनाको शव भेटियो

प्रकाशित मिति: आइतबार, कात्तिक २, २०७७  १४:५९
प्रतिक्रिया दिनुहोस्