site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कैलालीमा भेटिएको शव असई गोविन्द विकको भएको पुष्टि, घाँटी रेटेर हत्या

काठमाडौं । कैलालीमा तस्कर समूहले एक प्रहरीको हत्या गरेका छन् । गएराति धनगढी उप-महानगरपालिका १२ को अस्थायी प्रहरी विट जुगेडामा कार्यरत प्रहरी सहायक निरीक्षक (असई) गोविन्द विक र प्रहरी जवान रामबहादुर साउँद ड्युटीमा निस्किएका थिए ।

जसमध्ये एकजनाको शव मोहना नदीमा भेटिएको थियो । सुदूरपश्चिम प्रदेशका डीआईजी उत्तमराज सुवेदीले सो शव असई गोविन्द विकको भएको पुष्टि गरे । घटनास्थलमा रहेका एक प्रहरीका अनुसार असई विकको घाँटी रेटिएको छ ।

प्रहरी जवान रामबहादुर साउँद भने फेला परेका छैनन् । तर उनले प्रयोग गर्ने गरेको मोबाइल भने फेला परेको छ । उनको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।

तस्कर समूहले प्रहरीको हत्या गरी पानीमा फालेको हुनसक्ने प्रहरीको दाबी छ ।

 

 

 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: आइतबार, कात्तिक २, २०७७  १२:१८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro