site stats
बाह्रखरी :: Baahrakhari
देश
कैलालीमा ड्युटीमा गएका दुई प्रहरी सम्पर्कविहीन, एकजनाको शव भेटियो
Argakhachi Cement Island Ad

काठमाडौं । कैलालीमा ड्युटीमा गएका दुई प्रहरी सम्पर्कविहीन भएका छन् । अस्थायी प्रहरी पोस्ट जुगेडाका असई र हवल्दार गएरातिबाट सम्पर्कविहीन भएका हुन् । उनीहरु सीमा क्षेत्रमा ड्युटीका लागि गएको बताइएको छ ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका एसएसपी मुकेश सिंहका अनुसार दुईजना प्रहरी सम्पर्कविहीन छन् । नजिकै पानीमा एकजनाको शव भेटिएको र शवको सनाखत हुन बाँकी रहेको सिंहले बताए ।

प्रहरी स्रोतका अनुसार प्रहरीले ड्युटीमा जाँदा प्रयोग गरेको मोटरसाइकल भने भेटिएको छ ।

प्रकाशित मिति: आइतबार, कात्तिक २, २०७७  १०:०७
प्रतिक्रिया दिनुहोस्