site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
चितवनमा मकवानपुर र सर्लाहीका दुई कोरोना संक्रमितको मृत्यु 

चितवन । चितवन मेडिकल कलेजमा मकवानपुर र सर्लाहीका थप दुई कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा मकवानपुरका ८५ वर्षीया महिला र सर्लाहीका ३८ वर्षीया पुरुष रहेका छन् । 

अस्पतालका निर्देशक डा. दयाराम लम्सालका अनुसार मकवानपुर घर भएकी ती महिला उपचारको लागि असोज १५ गते अस्पतालमा भर्ना भएकी थिइन् । 

असोज १९ गते कोरोना पोजेटिभ देखिएको थियो । ती महिलाको कोभिड आईसीयू कक्षमा राखेर उपचार भइरहेको थियो । उनको शनिबार अपरान्ह ४ बजेर ५३ मिनेट जाँदा मृत्यु भएको डा. लम्सालले जानकारी दिए । 

यस्तै सर्लाहीका अर्का ३८ वर्षीय पुरुषको पनि शनिबार साँझ ५ बजेर ३३ मिनेट जाँदा मृत्यु भएको छ । सडक दुर्घटनामा परेर असोज ८ गते अस्पताल भर्ना भएका उनको अपेरशन पश्चात असोज २१ गते कोरोना पुष्टि भएको थियो । 

कोभिड आईसीयू कक्षमा उपचाररत उनको शनिार साँझ साढे पाँच बजे मृत्यु भएको डाक्टर लम्सालले जानकारी दिए । 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शनिबार, असोज २४, २०७७  २१:४४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro