देश
चितवन । पुरानो मेडिकल कलेज (चितवन मेडिकल कलेज अफ साइन्सेज्), भरतपुरमा नवलपुरका ३६ वर्षीया कोरोना संक्रमितको मृत्यु भएको छ ।
मृत्यु हुनेमा नवलपुर जिल्ला गैंडाकोट नगरपालिका वडा नम्बर १ का पुरुष रहेका छन् । मृगौलासम्बन्धी समस्या भइ असोज १८ गते अस्पताल भर्ना भएका उनको १९ गते कोरोना पोजेटिभ देखिएको थियो ।
कोभिड आईसीयू कक्षमा उपचाररत उनको शुक्रार साँझ ५ बजेर ५५ मिनेटमा मृत्यु भएको अस्पतालका निर्देशक डा. मनोहर प्रधानले जानकारी दिए ।
प्रकाशित मिति: शुक्रबार, असोज २३, २०७७ १९:१५
प्रतिक्रिया दिनुहोस्