site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
२ महिनादेखि प्रहरी हेडक्‍वाटर कोरोनाको हटस्पट ! किन आएन नियन्त्रणमा ?

काठमाडौं । काठमाडौंको नक्सालस्थित नेपाल प्रहरीको मुख्यालयमा साउन ९ गतेयता विगतको जस्तो चहलपहल छैन । कोरोना भाइरसको संक्रमण बढेसँगै चहलपहल घटेको हो । विगतको तुलनामा प्रहरी महानिरीक्षकलाई भेट्नेहरुको संख्या पनि कम छ । साउन ९ गतेयता प्रहरी हेडक्‍वाटरमा निरन्तर कोरोनाका संक्रमित देखापर्न थालेका छन् ।

त्यो पनि सानो संख्यामा होइन । पछिल्लो दुई महिनामा प्रहरी मुख्यालयमा दैनिक दुई सय बढी सक्रिय संक्रमित छन् । कोरोनामुक्त भएर डिस्चार्ज हुनेहरु पनि छन् । तर २ सयभन्दा कम सक्रिय संक्रमित भने हुन सकेका छैनन् । बिहीबार (हिजो) सम्म प्रहरी मुख्यालयमा ५५८ जना सक्रिय संक्रमित छन् ।

Dabur Nepal
NIC Asia

हेडक्‍वाटरमै सामाजिक दूरी, मास्क, स्यानिटाइजरलगायतको प्रयोग अनिवार्य गरिएको छ । प्रहरी प्रवक्ता एसएसपी कुवेर कडायतका अनुसार कोरोना संक्रमणको जोखिमपछि सीमित कर्मचारीबाट मात्रै काम भइरहेको छ । अत्यावश्यक कामबाहेकलाई प्रवेशमा रोक लगाइएको छ ।

हालसम्म डिस्चार्ज हुनेहरुको संख्या जोड्ने हो भने आठ सय बढी प्रहरी हेडक्‍वाटरभित्रै संक्रमित भइसकेका छन् । देशभर पनि प्रहरीमा संक्रमितको संख्या बढ्दो छ । तर प्रशासनिक कामकाज बढी हुने मुख्यालयमै कोरोनाका सयौं संक्रमित भएपछि त्यसले कर्मचारीको मनोबलमा समेत प्रभाव पारेको छ ।

पछिल्लो दुई महिनायता प्रहरी प्रधान कार्यालय कोरोनाको ‘हटस्पट’ नै बन्‍न पुगेको छ ।

असार २५ मा सिन्धुपाल्चोकको जम्बु खोलामा बाढी र पहिरो गएको थियो । त्यतिबेला पहिरोमा हराएकाहरुको खोजी तथा उद्धारका लागि प्रहरी प्रधान कार्यालय, नक्सालले विपत् व्यवस्थापन शाखाका टोली खटायो । टोली उद्धारमा सक्रिय भयो । उद्धारपछि टोली काठमाडौं फर्कियो । 

फर्किएर आएकामध्ये तीनजना प्रहरीमा कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि जाँच भयो । नेपाल प्रहरीको अस्पताल, महाराजगन्जमा परीक्षण गर्दा उनीहरुमा कोरोना संक्रमण पुष्टि भयो । साउन ९ मा पहिलोपटक प्रहरी प्रधान कार्यालयमा तीनजनामा कोरोना देखिएको थियो । त्यसपछि उनीहरुको कन्ट्याक ट्रेसिङ सुरु भयो । त्यहीबाट प्रहरी मुख्यालयमा कोरोना प्रवेश गरेको प्रहरी अधिकारीको दाबी छ । त्यसयता प्रहरी मुख्यालयको कोरोना नियन्त्रणमा आउन सकेको छैन ।

संक्रमित हुनेमा अधिकांश प्रहरी प्रधान कार्यालयको सवारी शाखा (एमटी), सञ्‍चार निर्देशनालयका प्रहरीदेखि कोभिड-१९ को व्यवस्थापन डेस्कमा खटिएका छन् । अहिले पनि विभिन्‍न समयमा उद्धारमा जानुपर्ने भएकाले उनीहरुबाट जोखिम बढेको प्रहरी अधिकारीको बुझाइ छ । संक्रमित प्रहरीको उपचार प्रहरीकै अस्पतालमा भइरहेको छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असोज २३, २०७७  ११:४२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro