site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कविता : एउटा हात उठाऊ

शिव प्रकाश 


तिमीसँग दुई हात छन् 
एउटा उठाऊ !

त्यो हात–
त्यो कसैका विरुद्ध हैन, 
सबैका लागि उठाऊ !

त्यो हात–
अरूका लागि हैन,
तिम्रा लागि तिम्रै विरुद्ध उठाऊ !

त्यो हात– 
भ्रष्टाचार विरुद्ध उठाऊ
दुराचार विरुद्ध उठाऊ
अन्याय विरुद्ध उठाऊ 
अत्याचार विरुद्ध उठाऊ
हिंसा विरुद्ध उठाऊ
क्रूरता विरुद्ध उठाऊ 
लुटतन्त्र विरुद्ध उठाऊ 
माफियातन्त्र विरुद्ध उठाऊ !

त्यो हात–
आफ्नै निरिहता विरुद्ध उठाऊ
आफ्नै निष्क्रियता विरुद्ध उठाऊ 
आफ्नै मौनता विरुद्ध उठाऊ !

त्यो हात– 
आफैंलाई उठाउन उठाऊ
आफैंलाई जगाउन उठाऊ 
आफैंलाई बोलाउन उठाऊ !

आऊ– 
हामीसँगै आऊ 
एउटा हात उठाऊँ 
सत्यको आवाज सुन्न उठाऊ 
मौनको बिगुल फुक्न उठाऊ ! 

तिमीसँग दुई हात छन् 
एउटा उठाऊ 
कसैका लागि हैन,
आफ्नै देशका लागि उठाऊ !

(सत्याग्रही डा. गोविन्द केसीप्रति सादर समर्पित)
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, असोज १७, २०७७  ०६:५९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro