site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
खुल्यो दार्चुलाको घाटीबगर-छाङरुको जोखिमपूर्ण बाटो
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाली सेनाको पहलमा दार्चुलाको व्यास जोड्ने घाटीबगर-छाङरु घोडेटो बाटोको ट्रयाक खुलेको छ । दार्चुलाको व्यास गाउँपालिका १, घाटीबगरस्थित मौर्‍याभिरमा खसेको पहिरोले यो बाटो एक वर्षदेखि पूर्ण रुपमा बन्द थियो । घाटीबगर-छाङरु क्षेत्र भौगोलिक हिसाबमा निकै जोखिमपूर्ण हो ।

बाटो खुलेपछि व्यास गाउँपालिका १ स्थित छाङरु र टिंकरका बासिन्दालाई दार्चुला सदरमुकाम खलंगा आउजाउ गर्न भारतीय बाटो प्रयोग गर्नुपर्ने बाध्यता हटेको नेपाली सेनाका प्रवक्ता सन्तोषबल्लभ पौडेलले जानकारी दिए । सेनाले गत जेठ ९ गते ट्र्याक खोल्न सुरु गरेको थियो । सेनाले असारमै ट्रयाक खोल्ने लक्ष्य लिएको थियो । तर प्रतिकूल मौसम, चट्टान भूगोल र निर्माण सामग्री ढुवानीमा केही समय लागेकाले केही ढिलो भएको सेनाले जनाएको छ । प्रवक्ता पौडेलले भने, “साढे ५ सय मिटर लम्बाइको ट्रयाक खुलिसकेको छ । सो क्षेत्रको कडा चट्टान फोड्नु पर्दा पनि केही समय लाग्यो । दुई मिटर चौडा बाटोको ट्रयाक खुलेको छ । बाटो खुल्दा स्थानीयलाई निकै सहज हुने हाम्रो विश्वास छ ।”

Prabhu Bank
Agni Group
NIC Asia

असोज १९ गते स्थानीयलाई घोडेटो बाटो हस्तान्तरण गरिने पौडेलले बताए । यसअघि सो क्षेत्रका नागरिकले भारतीय बाटो प्रयोग गर्नुपर्ने बाध्यता थियो । बाटो खुलेपछि स्थानीयमा समेत उत्साह छाएको छ । अब स्थानीयलाई खाद्यान्‍न ढुवानीमा समेत केही सहज हुनेछ । 

बाटो नहुँदा सुरक्षाकर्मी पनि हेलिकोप्टरबाटै छाङरु र टिंकर पुगेका थिए । छाङरु र टिंकर क्षेत्रका बासिन्दा ६ महिना व्यास र हिउँदका ६ महिना बेंसी झरेर बस्ने गर्छन् । हिउँ पर्ने भएकाले नेपाल प्रहरीको टोली समेत ६ महिना टिंकर, छाङरुमा बस्दै आएको थियो । बाटो खुलेपछि सुरक्षाकर्मीलाई समेत सो क्षेत्र आवतजावत गर्न सहज हुनेछ । हाल छाङरुमा सशस्त्र प्रहरीको गुल्म छ । सशस्त्रको टोली भने छाङरुमा बाह्रैमहिना बस्‍नेछ ।
फाइल तस्बिर । 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असोज १६, २०७७  १०:५६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय