site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Nabil BankNabil Bank
सानो स्वरमा बोल्दा पनि भाइरस कम फैलिन्छ !
Sarbottam CementSarbottam Cement

एजेन्सी । सार्वजनिकस्थलमा उच्च जोखिमयुक्त भित्री कोठाहरु जस्तै अस्पताल, रेस्टुरेन्टलगायतमा नबोली बस्नुपर्ने शान्त क्षेत्रको आवश्यकता रहेको विज्ञहरुले बताएका छन् ।  सानो स्वरमा बोल्ने गर्नुले भाइरस कम फैलने गरेको एक अध्ययनले देखाएपछि उनीहरुले यस्तो सुझाव दिएका हुन् । 

गत हप्ताको उक्त रिसर्चपछि अनुसन्धानकर्ताहरुले बोल्दा स्वर कम गर्नुले भाइरसको प्रभाव, कोठालाई भेन्टिलेट गर्नुजत्तिकै हुने गरेको निष्कर्ष निकालेका हुन् ।

Prabhu Bank
Agni Group
NIC Asia

त्यसैले पनि विश्वभरका सार्वजनिक स्वास्थ्य निकायहरुले भाइरस फैलने उच्च जोखिम रहेका सार्वजनिक स्थलहरुमा शान्त क्षेत्र लागु गर्ने सम्बन्धी गम्भीरतापूर्वक सोच्नुपर्ने युनिभर्सिटी अफ क्यालिफोर्नियाका ६ वैज्ञानिकहरुले अध्ययनको रिपोर्टमा लेखेका छन् ।  विश्व स्वास्थ्य संगठन, डब्लूएचओले पनि गत जुलाइमा गीत गाउने अभ्यास गर्दा, रेस्टुरेन्टमा वा फिटनेस सेन्टरलगायतका भित्री कोठाहरुमा भाइरस सजिलै हावा्मार्फत सर्न सक्ने जानकारी सार्वजनिक गरेको थियो । 

यसमा बोल्दा मुखबाट निस्कने अति सुक्ष्म थुकका छिटाहरुबाटसमेत भाइरस बाहिर आउन सक्ने वैज्ञानिक अनुसन्धानले देखाएको हो । जस्तै अत्यन्तै सानो आवाजमा फुसफुसाउनु अनि ठूलो स्वरले कराउनुले भाइरसको फैलावटमा ५० प्रतिशत सम्मको भिन्नता ल्याउन सक्ने यसमा प्रमाणित भएको हो । 

Global Ime bank

हामीले सामान्य रुपमा कुराकानी गर्दा आवाजको स्तर १० डेसिबलको रेन्जमा हुन्छ भने रेस्टुरेन्ट लगायतका ठाउँमा ७० डेसिबलको आसपासमा हल्ला हुने गर्दछ । प्रमुख अध्ययनकर्ता विलियम रिस्टेनपार्टका अनुसार भरिभराउ तर शान्त कक्षाकोठा भन्दा एकदुई जना मात्र भएको र ठुलो स्वरमा गीत गाइरहेको ‘क्यारिओके बार’ भित्र भाइरस फैलिने अति उच्च जोखिम हुन्छ । त्यसरी ठूलो स्वरले गीत गाउने ठाउँमा सामाजिक दुरी अपनाए पनि संक्रमण फैलन सक्ने उनले बताएका हुन् । रोयटर्स 
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, भदौ २९, २०७७  ०७:२१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement