site stats
बाह्रखरी :: Baahrakhari
देश
‘टोस्टमास्टर इन्टरनेसनल्स नेपाल एन्ड नर्थ इन्डिय डिस्ट्रिक्ट’को अध्यक्षमा नेपालकी मून प्रधान 
Argakhachi Cement Island Ad

काठमाडौं । नेपालकी मून प्रधान ‘टोस्टमास्टर इन्टरनेसनल्स नेपाल एन्ड नर्थ इन्डिय डिस्ट्रिक्ट’ को अध्यक्ष पदमा निर्वाचित भएकी छन् । निर्वाचित भएसँगै उनी डिस्ट्रिक्ट डिरेक्टर भएकी छन् । यो पदमा निर्वाचित हुने प्रधान पहिलो नेपाली महिला हुन् । ‘टोस्टमास्टर इन्टरनेसनल्स नेपाल एन्ड नर्थ इन्डियन डिस्ट्रिक्ट’ले नेपाल र उत्तर भारतलाई समेट्छ । 

भारतको नयाँदिल्लीमा हालै भएको जिल्ला सम्मेलनले प्रधानलाई उक्त पदमा निर्वाचित गरेको हो । उनले आगामी एक वर्षसम्म ‘डिस्ट्रिक्ट ४१’ को नेतृत्व गर्ने जनाइएको छ । जिल्ला सम्मेलनको बेला अन्तर्राष्ट्रिय वक्तृत्वकला प्रतियोगिता पनि आयोजना गरिएको थियो । प्रतियोगिताको शीर्ष तीन स्थानमा नेपाली प्रतियोगी विजयी बनेका थिए । 

प्रतियोगितामा साहिल बराल उत्कृष्ठ ठहरिएका थिए । फस्ट रनर अप दिपेश चालिसे र सेकेन्ड रनरअप वैशाली प्रधान भएका थिए । टोस्टमास्टर इन्टरनेसनल्सको १४८ देशमा १४ हजार २०० भन्दा बढी क्लब रहेका छन् । ती क्लबहरूमा करिब दुई लाख ७० हजार सदस्य छन् ।
 

प्रकाशित मिति: आइतबार, जेठ ६, २०८१  १५:१९
प्रतिक्रिया दिनुहोस्