site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Nabil BankNabil Bank
भारतमा 'स्वतन्त्र मिडियाको मृत्यु'को घोषणा गर्दै समवेदना
Sarbottam CementSarbottam Cement

काठमाडौं । भारतीय सञ्‍चारमाध्यममा प्रकाशन भएका सामग्रीहरुप्रति विश्वसनीयता नहुने भन्दै बेला बेला प्रश्‍नहरु उठ्‍ने गरेका छन् । भारतीय सञ्‍चारमाध्यमहरुले स्वतन्त्रताका नाममा सत्यलाई पन्छाएर एकतर्फी कसैमाथि खनिने गरी समाचारहरु प्रकाशन प्रसारण गर्ने गरेका आरोप बेलाबेला लाग्‍ने गरेको छ । 

पछिल्लो समय बलिउड अभिनेता सुसान्त सिंह राजपुतको निधनको विषयमा भारतीय सञ्‍चारमाध्यमहरुले एकतर्फी रुपमा उनकी पूर्व प्रेमिका रिया चक्रवर्तीलाई 'दोषी' करार गरिरहेका छन् । एकोहोरोरुपमा रियामाथि भारतीय सञ्‍चारमाध्यमहरु खनिरहेका छन् ।  कुनै पनि विषयवस्तुमा सत्यताभन्दा पनि सनसनीपूर्ण बनाउने नाममा भारतीय सञ्‍चारमाध्यमहरु रियाको 'दानवीकरण' गरिरहेका छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

भारत-चीन सीमा विवाद चलिरहँदा भारतीय सञ्‍चारमाध्यमहरुलई बढी चासो 'रिया' माथि रहेको छ । जसका कारण राष्ट्रिय मुद्दाहरु मिडियाले उठाउन नसकेको आरोपसमेत लागिरहेको छ । यही समयमा भारतीय अंग्रेजी दैनिक द हिन्दुको शुक्रबारको संस्करणमा भारतमा 'स्वतन्त्र मिडियाको अवसान' भएको घोषणासहिको सन्देश प्रकाशित भएको छ ।

राष्ट्रिय मुद्दामा सत्तारुढको गुनगान गर्ने र नागरिकका जनचासोका मुद्दामा स्वार्थ प्रेरित समाचारहरु प्रकाशन प्रसारण गर्ने गरेको आरोप लागिरहँदा शुक्रबार प्रकाशित सन्देशमा भनिएको छ, "गहन अफसोसका साथ हामी घोषणा गर्दछौं कि नयाँ दिल्लीमा ८ सेप्टेम्बर, २०२० मा स्वतन्त्रताकी छोरी र सत्यकी पत्‍नी मिडियाको निधन भएको छ । परिवार तथा मित्रकोतर्फबाट समवेदना ।"

Global Ime bank

इण्डियन जर्नालिज्‌म रिभ्युका अनुसार उक्त सन्देश शिक्षा, अर्थतन्त्र, नीति र राजनीतिमा चासो राख्‍ने कार्तिर्क सहनीले छपाएका हुन् । दिल्लीको स्टेफन कलेजका पूर्वविद्यार्थी सहनी पब्लिक पोलिसीमा मास्टर्स गर्न हार्वर्ड जाने तयारीमा छन् । उनले ट्विटरमा लेखेका छन्, "अचम्मित र अलमलमा छु । तर पनि प्रकाशित गरेकोमा हिन्दुप्रति आभारी छु ।" 

मिडियाहरु अप्रासंगिक कुरालाई अतिरञ्‍जित गर्न थालेपछि साहनीले मिडियाको निधनमा शोक व्यक्त गर्दै हिन्दूको वर्गीकृत स्तम्भमा विज्ञापन प्रकाशन गराउन सफल भएका छन् । उनले यसअघि पनि  यस्तै विज्ञापन छापिएको देखेर त्यही तरिकाले अहिले विज्ञापन छपाएको ट्विटरमार्फत जानकारी गराएका छन् ।
 
करिब ४५ वर्षअघि अर्थात सन् १९७५ जुन २८ मा पनि लोकतन्त्रको मृत्युको घोषणा गर्दै यस्तै विज्ञापन प्रकाशित भएको थियो । भारतीय तत्कालीन प्रधानमन्त्री इन्धिरा गान्धीले संकटकाल घोषणा गरेपछि बम्बईबाट प्रकाशित हुने टाइम्स अफ इण्डियामा २२ शब्दको लोकतन्त्र अवसान भएको भन्दै विज्ञापन प्रकाशित गराएका थिए । २६ वर्षीय पत्रकार अशोक महादेवनले उक्त विज्ञापन छपाएका थिए ।

उक्त सन्देशमा लेखिएको थियो, "सत्यको श्रीमान, स्वतन्त्रताका बाबु र विश्वास, आशा र न्यायका भाई लोकतन्त्रको जुन २६ मा मृत्यु भएको छ ।" तत्कालीन प्रधानमन्त्री इन्धिरा गान्धीले २५ जुन मध्यरातमा संकटकाल घोषणा गरेकी थिइन् ।  भारतीय मिडियाप्रति कार्तिकले दिएको यो सन्देश विश्वकै मिडियाहरुका लागि एक गहन सन्देश भएको बताइएको छ । 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, भदौ २६, २०७७  २१:०९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय