site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Nabil BankNabil Bank
द्वन्द्वको स्थितिबाट 'छिट्टै पछि हट्‍ने' भारत-चीनबीच सहमति
Sarbottam CementSarbottam Cement

नयाँ दिल्ली । लामो समयदेखि सीमा विवादका कारण तनावमा रहेका भारत र चीनबीच द्वन्द्वको स्थितिबाट 'छिट्टै पछि हट्‍ने' सहमति भएको छ ।  

यसअघि भारत-चीनबीच एकअर्काले सीमा क्षेत्रमा गोली हानेको आरोप लगाएका थिए भने भारतले चिनियाँ सेनाले आफ्ना पाँच नागरिकलाई अपहरण गरेको आरोप लगाएका थिए । 

Prabhu Bank
Agni Group
NIC Asia

बिहीबार मस्कोमा दुई देशका विदेशमन्त्रीहरूबीच भएको छलफलमा सीमाको तनाव कम गर्ने सहमति भएको हो । बेलाबेलामा दुवै देशका सैनिकहरूबीच पूर्णरूपमा निर्धारण हुन नसकेको सीमा क्षेत्रमा द्वन्द्व हुने गरेको छ ।

दुवै देशले एकअर्कालाई सीमा नाघेर आफ्नो क्षेत्रमा प्रवेश गरेको आरोपप्रत्यारोप गर्ने गरेका छन् र जुन १५ मा दुबै मुलुकबीच हिंसात्मक झडप भएको थियो । एउटा संयुक्त वक्तव्यमा दुई शक्तिशाली राष्ट्रले 'अहिलेको अवस्था कुनै पनि पक्षको हितमा नरहेको' बताएका छन् ।

Global Ime bank

"त्यसैले दुवै पक्ष सीमामा रहेका सेनाले संवाद कायम राख्‍ने, छिट्टै द्वन्द्वबाट पछाडि हट्ने, आवश्यक दूरी कायम राख्‍ने र तनाव कम गर्न सहमत भएका छन्," भारतीय विदेशमन्त्री एस जयशंकर र चीनका वाङ यीले हस्ताक्षर गरेको वक्तव्यमा भनिएको छ ।

वक्तव्यमा शान्ति र अमनचयन कायम राख्‍ने र नयाँ व्यवस्थाहरु पनि अगाडि बढाउने बताइएको छ । यद्यपि यो व्यवस्था कस्तो खालको हुने भन्‍ने स्पष्ट पारिएको छैन । - बीबीसी

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, भदौ २६, २०७७  १५:०१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय