site stats
बाह्रखरी :: Baahrakhari
देश
चेक बाउन्सको कसुरमा पक्राउ परेको एक सातामै छुटे ठेकेदार भेटवाल
फाइल तस्बिर ।

काठमाडौं । चेक बाउन्सको कसुरमा पक्राउ परेका काठमाडौं भ्यू टावरका ठेकेदार मनोजकुमार भेटवाल पक्राउ परेको एक सातामै रिहा भएका छन् । असार १३ गते पक्राउ परेका भेटवाल अदालतले थुनामा राखेर अनुसन्धान गर्न थप म्याद नदिएपछि असार १९ गते थुनामुक्त भएका हुन् ।

उनीमाथि अनुसन्धान गर्न पहिलोपटक काठमाडौं जिल्ला अदालतले प्रहरीलाई पाँच दिनको म्याद दिएको थियो । तर, दोस्रोपटक प्रहरीलाई म्याद नदिएपनि उनी थुनामुक्त भएका हुन् ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

जिल्ला प्रहरी कार्यालयका एसपी अपिल बोहराका अनुसार, स्वास्थ्यको कारण देखाउँदै अदालतले दोस्रोपटक म्याद थप नगरेको हो । भेटवाल दमको गम्भीर बिरामी भएको खुलेको छ ।

करिब १० करोड रुपैयाँको चेक बाउन्स आरोपमा उनी पक्राउ परेका थिए । उनीविरुद्ध राजकुमार बरालले प्रहरीमा जाहेरी दिएका थिए ।

प्रकाशित मिति: आइतबार, असार २२, २०८२  १५:२२
प्रतिक्रिया दिनुहोस्