खेल

काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टिम भोलि (सोमबार) बिहान स्वदेश आइपुग्ने भएको छ ।
एएफसी एसियन कप छनोटका निम्ति उज्वेकिस्तान पुगेको नेपाली टिमले तीन खेल खेलेको थियो । समूह समूह ‘एफ’ मा दुई खेलमा जित निकाले पनि अन्तिम खेलमा हार बेहोरेसँगै नेपालको एसियन कप खेल्ने सम्भावना समाप्त भएको थियो ।
दुई खेलमा जित निकालेको नेपाली टिम सोमबार बिहान ८ बजे त्रिभुवन विमानस्थल ओर्लिनेछ ।
छनोटमा नेपालले पहिलो खेलमा लाओससँग ९–० को र दोस्रो खेलमा श्रीलंकासँग ८–० को जित निकालेको थियो ।
तर, अन्तिम खेलमा घरेलु टिम उज्वेकिस्तानसँग पेनाल्टी सुटआउटमा ४–२ ले पराजित भएको थियो । त्यसअघि खेलको निर्धारित समय दुवै टिमले ३–३ को बराबरी खेलेका थिए ।
प्रकाशित मिति: आइतबार, असार २२, २०८२ १५:३२
प्रतिक्रिया दिनुहोस्