site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Nabil BankNabil Bank
रणवीर र आलियाले सुरु गरे ‘ब्रह्‍मास्‍त्र’ को डबिङ
Sarbottam CementSarbottam Cement

एजेन्सी । मार्चमा सुरु भएको राष्ट्रव्यापी लकडाउनबीच स्थगित भएको चलचित्रको काम गत महिनादेखि पुनः सुरु हुन थालेको छ ।

यसैबीच अयान मुखर्जी निर्देशित चलचित्र ‘ब्रह्‍मास्‍त्र’ को डबको काम पनि सुरु भएको छ । चलचित्रका कलाकार रणवीर कपुर र आलिया भट्टले डब सुरु गरेका छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

चलचित्र रिलिजअगावै ब्रह्‍मास्‍त्रको संसारबारे व्‍याख्या गर्ने कलाकारहरुको टिजर भिडियो रिलिज गरिने तयारीमा निर्माण टिम छ । यसकै लागि चलचित्रमा इशा र शिवको भूमिका रहेका आलिया र रणवीर विगत एक सातादेखि डबिङ स्टुडियो धाइरहेका छन् ।

डबसँगै उक्त विशेष भिडियो सम्पादनको काम पनि भइरहेको छ । यद्यपि चलचित्रको एक गीतसहित करिब १०, १२ दिनको छायांकन भने बाँकी नै छ । बाँकी छायांकन मुम्बईकै स्टुडियोमा गरिनेछ भने छायांकनमा अभिनेता अभिताभ बच्चन र रणवीर कपूरको अन्तिम महत्त्वपूर्ण दृश्य पनि छायांकन हुनेछ । -बलिउड हंगामा
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, भदौ २६, २०७७  १२:१७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय