site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
चितवनमा लागुऔषधसहित २ र सट्टाबाजी खेल्ने ४ जना पक्राउ 
Sarbottam CementSarbottam Cement

चितवन । चितवन प्रहरीले लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रत्‍ननगर नगरपालिका-२ का किशोर शाह र स्याङ्गजा गल्याङ् नगरपालिका वडा नम्बर १ का राजेश बस्याल रहेका छन् । 

जिल्ला प्रहरी कार्यालय, चितवनका अनुसार आइतबार बेलुका ६ बजे भरतपुर महानगरपालिका वडा नं. ११ भोजाड चोकस्थित सडकमा शंकास्पद रुपले हिँडडुल गरिरहेको अवस्थामा उनीहरु पक्राउ परेका हुन् । 

Prabhu Bank
Agni Group
NIC Asia

उनीहरुको खान तलासी गर्दा लागुऔषध डाइजेपाम ४३ एम्पुल, फेनारगन ३८ एम्पुल, नुफिन ३९ एम्पुल बरामद गरिएको थियो ।  उनीहरुलाई पक्राउ गरी म्याद थपेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

नगदसहित सट्टाबाजी खेल्ने ४ जना पक्राउ 

Global Ime bank

हाल वेस्टइन्डिजमा चलिरहेको सीपीएल - टी २० क्रिकेट खेलमा बाजी राख्‍न नेपालमै बसी इन्टरनेट ब्राउजरबाट 'डब्लु डब्लु डब्लु डट डायमण्ड एक्स्चेन्ज डटकम' जस्ता वेबसाइट प्रयोग गरी सट्टाबाजी खेल्ने चारजनालाई पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा गैँडाकोट नगरपालिका वडा नम्बर २ बस्‍ने सविन कंडेल, सोही ठाउँ बस्‍ने राजेश सिग्देल रहेका छन् । 

यस्तै भरतपुर महानगरपालिका वडा नम्बर ७ का रिनाज आचार्य र सञ्जिल लामिछाने रहेका छन् । उनीहरुको साथबाट नगद  एकलाख ७२ हजार पाँचसय रुपैयाँ र सट्टाबाजीको लागि प्रयोग गरेका मोबाइलहरु समेत बरामद गरिएको प्रहरीले जानकारी दिएको छ । 

पक्राउ परेका चारैजनालाई सट्टाबाजी मुद्दा (सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता बिरुद्धका कसूर) मा चितवन जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ । 
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, भदौ २२, २०७७  १९:०८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
अनशनकारीको उपेक्षा नगर !
अनशनकारीको उपेक्षा नगर !