site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
चितवनमा बाघको आक्रमणबाट एकजनाको मृत्यु

चितवन । चितवनमा बाघको आक्रमणबाट एकजना पुरुषको ज्यान गएको छ । पश्चिम चितवनको बाटुली पोखरी सामुदायिक वनमा घाँस काट्ने क्रममा भरतपुर महानगरपालिका वडा नम्बर १३ का ६० वर्षीय बाबुराम महतोको मृत्यु भएको हो । 

चितवन राष्ट्रिय निकुञ्‍ज बटुक दल गणका गणपति अरुण कुमार श्रेष्ठका अनुसार महतो घर नजिकैको सामुदायिक वनमा घाँस काट्न गएका थिए । बिहान करीब साढे १० बजे बाघले आक्रमण गरेको थियो । 

सामुदायिक वनबाट घिसारेर राप्ती नदी तारेको रहेको छ," श्रेष्ठले भने,  "उनको आधा शरीर खाएको अवस्थामा निकुञ्‍जभित्र भेटिएको छ ।"

उनका अनुसार घटनास्थलमा भएको रगत र मृतक महतोको चप्पलको आधारमा खोज्दै जाँदा उनी २ किमी टाढा मृत भेटिएका हुन् । 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: सोमबार, भदौ २२, २०७७  १८:२८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro