site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Global Ime bankGlobal Ime bank
प्रधानमन्त्रीलाई मुस्कानको प्रश्‍न - मलाई एसिड छ्याप्‍नेलाई किन छाडियो ? ओलीको जवाफ - बिक्री, ओसारपसारमा रोक लगाउँछु

काठमाडौं । एसिडपीडित किशोरी मुस्कान खातुनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेकी छिन् ।

आफूलाई तेजाब छ्याप्ने अभियुक्तहरूलाई प्रहरीले छाडिदिएपछि मुस्कान आहत बनेकी थिइन् । न्यायको आश मरेको थियो ।

Dabur Nepal

 प्रधानमन्त्रीले मुस्कानलाई बोलाएर उनको पीडा बुझेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

“अभियुक्तहरूलाई छाडिएकोमा उनको गुनासो थियो । प्रधानमन्त्रीले त्यसबारे बुझ्ने जवाफ दिनुभएको छ,” थापाले भने ।

प्रधानमन्त्रीले तेजाब ओसार, पसार, बिक्रीमा कडाइ गर्ने आश्वासन पनि दिएको थापाको भनाइ थियो । त्यस्तै नेपालमा हालसम्म रहेका तेजाबपीडितहरूसँग भेटेर छलफल गर्ने र उनीहरूको सुझावको आधारमा विद्यमान कानुन हेरफेर गर्नेसम्मको आश्वासन दिएको थापाले जानकारी दिए ।

“नेपालमा हालसम्म दुई दर्जनजति त्यस्ता केस रहेछन् । ती घटनाका पीडित सबैसँग छलफल गरेर विद्यमान कानुन हेरफेरको प्रक्रिया बढाउने पनि बताउनुभएको छ,” थापाले भने ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, भदौ १६, २०७७  २१:५३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro