site stats
बाह्रखरी :: Baahrakhari
विचार
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad
ती देउवा, यी देउवा

विसं २०३० तिरको कुरा हो । नेविसंघ अध्यक्षको हैसियतमा शेरबहादुर देउवा (अहिले नेपाली कांग्रेसका सभापति) पञ्चायती व्यवस्थाविरुद्धको आन्दोलनमा सक्रिय थिए । यस प्रसंगमा बीपीका छोरा श्रीहर्ष कोइरालाले २०७५ माघ १४ गते लेखकलाई सुनाएका छन् – बीपीले एकदमै भर गरेका युवामध्ये (देउवा) हुनुहुन्थ्यो, त्यत्तिकै मेहनती पनि । तिनताका पार्टी चरम आर्थिक संकटमा थियो । शेरबहादुरजी कहिले नेपाल त कहिले भारतका विभिन्न भागमा घुमेर सँगठन गर्न सक्रिय हुनुहुन्थ्यो । प्रवासी नेपाली र भारतका विभिन्न भागमा काम गर्ने मजदुरहरु माझ संगठन विस्तार गर्नुहुन्थ्यो । उनीहरुबाट हरेक महिना एक एक रुपैयाँ उठाएर पार्टी चलाउन मासिक ६० हजार रुपैयाँ बीपीलाई दिनुहुन्थ्यो । 

तिनताका बीपीको नेतृत्वप्रति देउवाको ठूलो भरोसा थियो । साहित्यकार कृष्ण धरावासीसँगको अन्तर्वार्तामा कांग्रेस नेता चक्र वास्तोलाले भनेका छन् – बनारसमा बीपी निकट रहेर काम गर्नेहरूमध्येका एक पुराना कांग्रेसी थिए, सुदूरपश्चिमका अर्जुन कठायत । बीपीका हरेक गतिविधिमा नेपाल र भारतका जासुसको चियोचर्चो हुने नै भयो । त्यसैले गोप्य काममा बीपीले कठायतलगायत विश्वासपात्र मात्र खटाउनुहुन्थ्यो । तिहारको समय थियो । दिदीको हातबाट टीका थाप्न शेरबहादुरजी रेलबाट यात्रा गर्दै हुनुहुन्थ्यो । प्लेटफर्मसम्म उहाँलाई पुर्‍याउन गएका बेला कठायतले शेरबहादुरजीलाई सोधे । उनीहरुको वार्तालाप सम्झिँदा मलाई अहिले पनि रमाइलो लाग्छ ।
कठायत : शेरबहादुरजी सबै कुरा ठीक छ तर मैले बीपीको (कुनै) एउटा कुरा बुझ्नै सकिन ।  

देउवा : के कुरा बुझेनौ । 

KFC Island Ad
Dabur Nepal
NIC Asia

कठायत : (....)

देउवा : ल त्यतिमात्र । हामीले केही नबुझेर त चलिरहेछ । तिमीले किन बुझ्नु पर्‍यो । पर्दैन । खुरु खुरु काम गर । 

Royal Enfield Island Ad

तिनताका देउवाको एउटै लक्ष्य थियो पञ्चायतको अन्त्य र प्रजातन्त्र बहाली । न सुविधाभोगी जीवन चाहिएको थियो न सत्ताको महत्त्वाकांक्षा नै थियो ।

विसं २०४६ सालको जनआन्दोलनबाट पञ्चायती व्यवस्था अन्त्य भएपछि सम्पन्न पहिलो संसदीय चुनाव (२०४८) मा सुदूरपश्चिमका सबै १८ सिटमा कांग्रेसलाई विजयी बनाएपछि गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारमा उनी गृहमन्त्री भए । त्यतिन्जेलसम्म पार्टीमा देउवाको खासै आलोचना हुने गरेको थिएन । 

यसैबीच डा. आरजु राणासँग देउवाको विवाह भयो । नवदम्पतीलाई बधाई दिँदै कांग्रेसका तत्कालीन सभापति कृष्णप्रसाद भट्टराईले भनेका थिए – ल शेरबहादुरजी बधाई छ । हिजोसम्म तपाईँ हाम्रो मानिस हुनुहुन्थ्यो । अबदेखि आरजुको हुनुभयो । 

राणासँग वैवाहिक बन्धनमा बाँधिएसँगै राजनीतिमा देउवा सफलताको शिखरमा उक्लिँदै गए । 

विसं २०५१ को मध्यावधि निर्वाचनसम्म आइपुग्दा गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई र गिरिजाप्रसाद कोइरालाबीचको झगडाले कांग्रेस कमजोर थियो । त्यही वातावरण देउवाको सत्तारोहणका लागि अनुकूल बन्यो । समकालीन शैलजा आचार्य र रामचन्द्र पौडेललाई उछिन्दै उनी संसदीय दलको नेता र प्रधानमन्त्री बने । 

प्रधानमन्त्रीका रुपमा सत्ताको बागडोर सम्हालेपछि देउवामाथि संसदीय व्यवस्था नै विकृत बनाएको आरोप लाग्यो । सांसदहरुलाई महंगा गाडी खरिद गर्न भन्सार सुविधामा दिइयो । सरकार टिकाउन आफ्नै सांसदलाई होटलमा थुन्ने र उपचारको बहानामा एकै पटक धेरै मन्त्री बैंकक पठाउने काम भए । सांसदहरुको किनबेच सुरु भयो । 

त्यसपछिका दिनमा कृष्णप्रसाद भट्टराईलाई भावी प्रधानमन्त्रीका    रुपमा अघि सारेर २०५६ को चुनावमा कांग्रेसले बहुमत ल्यायो । तर, नौ महिना नपुग्दै उनलाई अपमानजनक रुपमा सत्ताच्युत गरी तत्कालीन सभापति कोइराला सत्तामा पुगे । विपक्षीमात्र होइन, पार्टीभित्रै पनि कोइरालाको चरम विरोध हुँदैथियो । कांग्रेसको आन्तरिक कलहबाट फाइदा उठाउँदै दरबार २०४६ सालपछि गुमेको अधिकार पुनःस्थापित गर्ने दाउमा थियो । यस क्रममा माओवादीविरुद्ध सेनाले असहयोग गरेपछि (होलेरी काण्ड) दरबारसँग खटपट भयो र कोइराला राजीनामा दिन बाध्य भए ।  

लाभ देउवालाई नै भयो । कोइराला विरोधी समूहको नेतृत्व लिने आँट गरे । यसरी दोस्रोपटक देउवा सत्तामा पुगे । अनि सभापति कोइराला र उनका बीच चुलिएको विवादको सिकार भयो संसद् । देउवाले पार्टी र सरकारका मन्त्रीसँग समेत परामर्श नगरी हठात् संसद् भंग गरिदिए ।  राजाकै सल्लाहमा देउवाले नेपाली कांग्रेस फुटाएर नेपाली कांग्रेस (प्रजातान्त्रिक) बनाए । त्यसको चार महिनामै राजाले देउवालाई सत्ताच्युत गरी दिए । राजाको त्यो कदमविरुद्ध  संसद्मा रहेका दलहरू आन्दोलनमा गए । पछि देउवाको प्रजातान्त्रिक कांग्रेस पनि आन्दोलनमा मिसियो । 

दरबार आन्दोलन तुहाउने खेलमा थियो । आन्दोलको बीचमै राजाले सूर्यबहादुर थापाको राजीनामापछि शेरबहादुर देउवा प्रधानमन्त्री नियुक्त भए । त्यति बेलै दरबारको पश्चिम गेटमा पत्रकारहरुसँग उनले भनिदिए ‘गोर्खाली राजाबाट न्याय पाएँ ।’ तर, तिनै देउवालाई दोस्रोपटक अपदस्थ गरी २०६१ माघ १९ मा राजा ज्ञानेन्द्रले कार्यकारी अधिकार आफ्नो हातमा लिए । 

चुनावै हुननसक्ने बेलामा संसद् भंग गर्दा प्रजातन्त्र दरबारमा बुझाएको आरोप देउवामाथि लाग्यो । विसं २०४६ सालमा स्थापना भएको प्रजातन्त्र पुनर्बहालीका लागि २०६२–०६३ को जनआन्दोलन कुर्नु प¥यो । यसरी २०५९ मा देउवाले फुटाएको कांग्रेस २०६४ को संविधानसभा निर्वाचनको पूर्व सन्ध्यामा एक भयो । पार्टी सभापतिमा गिरिजाप्रसाद कोइरालासँग चुनाव हारेका देउवा सुशील कोइरालासँग पनि पराजित भए । 

जीवनको अन्तिम समयसम्म पनि सुशील भन्ने गर्थे – हैन देउवालाई पार्टी बुझाउने ? उनको हातमा गयो भने कांग्रेस समाप्त हुन्छ । लेखकसँगको कुराकानीमा पनि कोइरालाले यस्तो अभिव्यक्ति दिएका थिए । त्यतिबेला मलाई लाग्थ्यो – चुनाव जितिसकेपछि पनि बूढा आफ्ना प्रतिद्वन्द्वीप्रति कति अनुदार भएका ? 

आफ्ना राजनीतिक गुरु गिरिजाप्रसाद र अग्रज सुशील कोइरालासँग चुनाव हारेका देउवाले निरन्तर पार्टी नेतृत्वमा प्रतिस्पर्धा गरिरहे । 

पार्टीलाई विधान बमोजिम चलाउने र कसैमाथि अन्याय हुन नदिने एजेन्डा लिएर तत्कालीन कार्यवाहक सभापति रामचन्द्र पौडेललाई हराएर देउवा कांग्रेसको सभापति भए । तर, कार्यकाल सकिँदासमेत प्रतिबद्धता बमोजिमका काम नगरेको आरोप उनले खेप्नु परिरहेको छ । 

पार्टीको विधानबमोजिम एक वर्षभित्र बनाउनु पर्ने विभाग कार्यकाल सकिएपछि धमाधम गठन गरिएका छन् । सभापति चुनिएपछि देउवालाई विगतमा भएका कमी कमजोरी सच्याएर गुमेको साख पुनःस्थापित गर्ने मौका थियो । तर, पछिल्लोपटक पनि सभापति र प्रधानमन्त्रीका हैसियतमा उनले आफूमाथि लागेको दाग मेटाउन सकेनन् । 

बरु, उल्टै वरीयता मिचेर जयबहादुर चन्दलाई प्रहरी महानिरीक्षक बनाउन गरेको प्रयास, प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध महाअभियोग प्रकरण र चितवनको भरतपुरमा तत्कालीन माओवादी अध्यक्ष पुष्पकमल दाहालकी छोरी रेणु दाहाललाई मतदान गर्न कार्यकर्तालाई दिएको निर्देशन र जिताउन भएको धाँधलीको समर्थन गरेर देउवाले लोकतन्त्रकै धज्जी उडाए । परिणाम कांग्रेस नराम्रोसँग पराजित भयो । संसद्मा प्रमुख प्रतिपक्षको हैसियतमा एक तिहाइ पनि नपुग्ने गरी खुम्चियो । 

तैपनि, देउवा बदलिएका छैनन् । कम्युनिस्ट सरकारका पालामा भ्रष्टाचारका ठूलाठूला घटना भएका छन् तर प्रतिपक्षी दल भने सरकारका गलत कामको सशक्त विरोध गर्नुको साटो दूधको साक्षी बिरालो झैँ बनेको छ । कोरोना महामारीमा सरकार यसरी अकर्मण्य रहँदा पनि औपचारिकताका लागि एकाध वक्तव्य निकाल्नुबाहेक चुपचाप छ । लाग्छ, नेपाली कांग्रेस विपक्ष नभएर सत्ताकै अभिन्न अंग हो । 

राणाशाहीको अन्त्य र प्रजातन्त्र स्थापनाको उद्देश्यका साथ साढे सात दशकअघि विसं २००६मा स्थापना भएको नेपाली कांग्रेसले त्यसयता मुलुकमा भएका सबै लोकतान्त्रिक परिवर्तनको नेतृत्व गर्‍यो । सत्तामा हुँदा होस् वा प्रतिपक्षमा मुलुकको राजनीति प्रायः उसकै वरपर नै घुमिरह्यो ।   विसं २००७ सालको क्रान्ति, २०३६ सालको जनमत संग्रह, २०४६ र २०६२–०६३ को जनआन्दोलन, माओवादीसँगको शान्ति वार्ता, संविधान सभा निर्वाचन र गणतन्त्रको स्थापना अनि संविधान सभाबाट संविधान यी सबै युगान्तकारी परिवर्तन संस्थागत कांग्रेसकै नेतृत्वमा भए । 

देशको प्रजातान्त्रिक आन्दोलनमा सधैँ अग्रणी भूमिका खेलेको एउटा जीवन्त पार्टीको महाधिवेशनको पूर्वसन्ध्यामा त्यसका बारे बहस हुनु अस्वाभाविक हैन । त्यसमाथि आधा दर्जन बढी नेताले सभापतिमा दाबी गर्दै आफ्नो पक्षमा लबिङ सुरु गरिसकेको अवस्था छ । पार्टी नेतृत्वको दौडमा सभापति देउवासहित वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला, उपसभापति विमलेन्द्र निधि, पूर्वमहामन्त्री प्रकाशमान सिंहमात्र हैन अघिल्लो महाधिवेशनमा सर्वाधिक मत पाएका केन्द्रीय सदस्य शेखर कोइराला र पूर्वउपसभापति गोपालमान श्रेष्ठ पनि देखिएका छन् । 

कांग्रेसको महाधिवेशन इतिहासमा सभापतिका लागि एकैपटक यति धेरै प्रत्याशी देखिएको सायद यो नै पहिलो पटक हो ।  तैपनि कांग्रेसको भविष्य के हुने ? कतै यो लोप हुने त होइन ? भन्ने चिन्ता र चासो शुभचिन्तक र कार्यकर्ताबाट व्यक्त भइरहेको छ ।  सभापतिका अधिकांश प्रत्याशीले देउवाले काम गर्न नसकेको आरोप त लगाएका छन् तर भावी दिनमा पार्टीको गुमेको साख कसरी पुनःस्थापना गर्ने भन्ने प्रष्ट खाका कसैले दिइसकेका छैनन् । 

कांग्रेसमा क्यान्सरका रुपमा गाँजिएको व्यक्तिवादी चरित्र, गुटबन्दी, पदका लागि हुने खुला बढाबढ, इमानदार कार्यकर्तालाई पाखा लगाएर दासहरुलाई स्थापित गर्ने होडबाजी र गाउ“देखि केन्द्रसम्मै चलेको सुकिलामुकिलाको हालीमुहाली अन्त्य गरी पार्टीलाई सिद्धान्त र विधिका आधारमा अघि बढाउने मार्गचित्र कसैले अघि सारेका छैनन् । 

अहिलेसम्मको अवस्था हेर्दा कांग्रेसभित्रको होडबाजी नीतिभन्दा पनि नेताहरुको व्यवस्थापनमा केन्द्रित देखिन्छ । पार्टी सञ्चालन विधि र कार्यशैलीमा आमूल परिवर्तन नगर्दासम्म चुनावी प्रक्रियाबाट जो सुकै सभापति बने पनि देउवाकै नयाँरुप हुने निश्चित छ । 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, भदौ १४, २०७७  १०:१६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro