चितवन । चितवनका १४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । धुलिखेल परीक्षण प्रयोगशालामा गरिएको परीक्षणमा १४ जनाको रिपोर्ट पोजेटिभ आएको भरतपुर कोभिड १९ परीक्षण प्रयोगशालाले जनाएको छ । भरतपुरको प्रयोगशालामा स्वाब परीक्षणको चाप बढेपछि २३६ जनाको स्वाब धुलिखेल पठाइएको थियो ।
भरतपुरको प्रयोगशाला प्रमुख डा. नितु अधिकारीका अनुसार संक्रमित मध्य १२ जना भरतपुर महानगरपालिकाका छन् । भरतपुरका ४०,२६,२२,३३,६८ र ६२ बर्षीय पुरुष तथा २९,२८,२१,५२,८५ र २८ वर्षीया महिलामा कोरोना देखिएको हो ।
यस्तै रत्ननगर नगरपालिका ५४ वर्षीय पुरुष र इच्छाकामना गाउँपालिकाका ३६ वर्षीय पुरुषमा कोरोना देखिएको डा अधिकारीले जानकारी दिइन् । धुलिखेलमा २३६ जनाको परीक्षण गरिएकोमा २२ जनाको रिपोर्ट भने नेगेटिभ आएको छ ।