site stats
बाह्रखरी :: Baahrakhari
विदेश
क्राइस्ट चर्चका आक्रमणकारीलाई 'पेरोल' बिना जन्मकैदको सजाय

न्युजिल्यान्ड । न्युजिल्यान्डको दुई मस्जिदमा ५१ जनाको मृत्यु हुने गरी आक्रमण गर्ने व्यक्तिलाई 'पेरोल' बिना जन्मकैदको फैसला सुनाएको छ । न्यूजिल्यान्डको इतिहासमा यस्तो सजाय पाउने उनी पहिलो व्यक्ति हुन् ।

सन् २०१९ मो मार्चमा श्वेतहरुको अग्राधिकारका पक्षपाति अस्ट्रेलियन ब्रेन्टोन टारन्टले क्राइस्ट चर्चका दुई मस्जिदमा आक्रमण गर्दा ५१ जना मुसलमानको मृत्य भएको थियो । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

उनी अस्ट्रेलियाको न्यु साउथ वेल्सका स्थायी बासिन्दा ब्रन्टोनलाई हत्या प्रयासका ४० तथा आतंकवादसम्बन्धी एक मुद्दामा उनी दोषी ठहर भएका हुन् । 

चार दिनको सुनवाइपछि फैसला सुनाउँदै न्यायाधीशले ब्रेन्टनको कार्य अमानवीय रहेको र उनले कुनै पनि दया नदेखाएको बताएका छन् ।

न्यायाधीश क्यारुन मान्डेरले बिहीबार फैसला सुनाउँदै भने, "तपाईंका अपराध यति खराब छन् कि तपाईं बाँचुन्जेलसम्म तपाईंलाई जेलमै राखिए पनि सजाय अपुरो हुनेछ ।"

न्यायाधीश मान्डेरले यस्तो आजीवन काराबासको सजाय 'निकै खराब हत्यारा'लाई मात्र दिइन्छ । न्युजिल्यान्डमा मृत्युदण्डको सजाय छैन ।

अदालतको आदेशपछि न्युजिल्यान्डकी प्रधानमन्त्री जसिन्डा अर्डेनले भनिन्, "यो सजायको अर्थ उनलाई कुनै स्थानमा याचनाका लागि ठाउँ बाँकी छैन । उनीबारे सोच्‍नुपर्ने कुनै कारण छैन । उनलाई फेरि सुन्‍नुपर्ने र हेर्नुपर्ने आवश्यक छैन ।"

लाइभस्ट्रिम गरेर उनले गरेको आक्रमणले विश्वलाई स्तब्ध बनाएको थियो । सो आक्रमणपछि न्यूजिल्यान्‍डले बन्दुकसम्बन्धी कानुन कडा बनाएको थियो । -बीबीसी

प्रकाशित मिति: बिहीबार, भदौ ११, २०७७  १६:०६
प्रतिक्रिया दिनुहोस्