site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
चितवन र रुपन्देहीका गरी १३ जना कोरोना संक्रमित

चितवन । भरतपुर अस्पताल कोभिड-१९ प्रयोगशालामा गरिएको परीक्षणमा १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

तीमध्ये भरतपुर महानगरपालिका वडा नम्बर ८ र ११ का २ जना पुरुष र एक महिलामा कोरोना पुष्टि भएको छ ।  पुरुषको उमेर ३७ र ४६ वर्षका छन् भने महिलाको उमेर ४१ वर्षका रहेको छन् । 

यस्तै रुपेन्देही जिल्लाको बुटवल र भैरहवाका ८ जना पुरुष र २ महिलामा कोरोना संक्रमण भएको छ ।  उनीहरुमध्ये पुरुषको उमेर २३,२६, २७,३२,३९,५१, ५१,७५ बर्षका छन भने महिलाको उमेर २१ र ३२ बर्ष रहेको छ । 

सोमबार २५० जनाको परीक्षण गरिएको  मध्ये २३७ जनाको रिपोर्ट नेगेटिभ आएको प्रयोगशालाकी प्रमुख डाक्टर नितु अधिकारीले जानकारी दिइन् । यसअघि गरिएको परीक्षणमा  प्रहरी, थुनुवा, बालक सहित ८ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: सोमबार, साउन २६, २०७७  २३:१५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro