site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
 चितवनमा एकै परिवारका दुईसहित चारजनामा कोरोना संक्रमण
Sarbottam CementSarbottam Cement

चितवन । चितवनका एकैपरिवारका दुईसहित शुक्रबार चार जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

भरतपुर अस्पताल कोभिड–१९ परीक्षण प्रयोगशालामा गरिएको परीक्षणमा चितवनको भरतपुर महानगरपालिका–१ का दुई जना रहेका छन् । उनीहरु श्रीमानश्रीमती रहेको जनाइएको छ । श्रीमान ४६ वर्षीय छन् भने श्रीमती ३८ वर्षीय हुन । 

Prabhu Bank
Agni Group
NIC Asia

उनीहरु क्‍वारेन्टिनबाहिरका व्यक्ति रहेको जनाइएको छ । उनीहरु बुधबार कोरोना संक्रमित भएका ७९ वृद्धका छोरा बुहारी रहेको स्वास्थ्य कार्यालय चितवनका प्रमुख दिपक तिवारीले जानकारी दिए । 

अन्य दुईजना चितवनका अस्पतालमा उपचारार्थ बिरामी रहेका छन् । तिवारीका अनुसार पर्साको वीरगन्‍जका एक जना र सर्लाहीका लालबन्दी–११ का अर्का एकजनामा संक्रमण पुष्टि भएको हो । तीमध्ये वीरगन्‍ज-१० घर भएकी ४२ वर्षीय कोरोना संक्रमित महिलाको भने चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । 

Global Ime bank

यस्तै सर्लाहीका ७९ वर्षीय पुरुषको भने वीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरमा उपचार भइरहेको छ । उनीहरुको अस्पतालबाट स्वाब संकलन गरिएको थियो । शुक्रबार कुल १३१ नमुनाको परीक्षण नतिजामध्ये १२७ वटा नमुनाको रिपोर्ट नेगेटिभ आएको छ । 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, साउन २३, २०७७  २०:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement