site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
बियरको आविष्कार कसरी भयो ? कसरी फैलियो विश्वभर ?
Sarbottam CementSarbottam Cement

काठमाडौं । संसारकै पहिलो बियर कसले बनायो ? यसको जवाफ खोज्न १३ हजार वर्ष पहिले पुग्नुपर्ने हुन्छ ।  इजरायलको हैफानजिकै प्राग ऐतिहासिककालको एक गुफाबाट विश्वको अहिलेसम्मकै पुरानो मदिराको भट्टी फेला परेको छ । जहाँ १३ हजार वर्ष पुरानो बियरको अंश पनि फेला परेको छ । एक चिहानको अध्ययनका क्रममा सो बियर फेला परेको हो । उक्त चिहान फिरन्ते सिकारीहरूको भएको अनुमान गरिएको छ ।

यो चिहान फेला पर्नुअघि बियर बनाउने प्रक्रिया ५ हजार वर्ष मात्र पुरानो मानिएको थियो । तर, नयाँ खोजले बियरको इतिहास बदल्ने भएको हो । तपाईंलाई अचम्म लाग्न सक्छ कि, बियर विश्वमा मानव निर्मित पहिलो पेय पदार्थ हो । फेला परेको प्राचीन बियर केही हदसम्म मिश्रित लेदोका रूपमा रहेको पाइएको छ । सो बेला अहिले हामी जस्तो बियर देख्छौं त्यस्तो थिएन ।

इतिहासका बियर आधुनिक बियरभन्दा निरस थियो भन्ने मानिन्छ । यति जान्नुपूर्व बियरको अवधारणा कसरी विकास भयो ? कसरी आविष्कार भयो ? भन्ने जान्न पनि उत्तिकै आवश्यक छ । मानवजातिले जुन समयदेखि अन्नबाली उब्जाउन थाले सोही समयदेखि बियर बनाएको मानिन्छ । कारण हो, बियर जौंबाट बन्नु । जौं मानवजातिले उमारेको पहिलो अन्न हो ।

Prabhu Bank
Agni Group
NIC Asia

 

Global Ime bank

 

यो स्वादिलो अन्न जब पानीमा भिज्यो, फर्मेन्टेसन हुन थाल्यो । यसको बाइप्रोडक्टका रूपमा बियरलाई मानिन्छ । फर्मेन्टेसनको यो प्रक्रियाले पानीलाई स्वादिष्ट बनाउन थाल्यो । यसरी बियरको आविष्कार भएको मानिन्छ । फर्मेन्टेसनको यो प्रक्रियालाई जादु मानिथ्यो । तर, वैज्ञानिक तथ्यले हावामा रहेको मर्चाको अंशले अन्नलाई स्वादिष्ट पेय बनाएको भन्छ ।

बेल्जियमलाई बियरको राजधानी मानिन्छ । तर, पहिलो बियर बेल्जियममा बनेको भने होइन । केही ऐतिहासिक तथ्यले पहिलो बियर मेसोपोटामिया सभ्यता (वर्तमान इरान) भएको संकेत गर्छ । यो ७ हजार वर्षअघिको कुरा हो । तर, त्यसको ३ हजार वर्षअघि सुमेरु सभ्याता र बेबिलोनमा पनि बियर खाने गरिएको मानिएको छ ।

यी ऐतिहासिक मान्यता र भर्खरै पत्ता लागेको सबैभन्दा पुरानो बियरले पनि बियरको इतिहासलाई १३ हजार वर्षअघि सम्म धकेल्छ । अब कुरा गरौं, पहिलो बियर कसले बनायो ? सिकारी मानवजाति कृषि सभ्याता बसाउन थाले । सोही मानवलाई पहिलो ब्रुमास्टर मानिन्छ । चिनियाँ मिथअनुसार सबैभन्दा पुरानो अल्कोहलयुक्त पेय पदार्थ ९ हजार वर्ष मात्र पुरानो हो जो चामल र महबाट बनेको थियो । तर, उनीहरू जौंबाट बनेको पहिलो बियर मध्यपूर्वमा बनेको स्वीकार्छन् ।

जानकारका अनुसार बियर प्रयोग बेबिलोनियाबाटै फस्टाएको हो । यसो त मिश्रका केही संस्कारमा पनि पेय पदार्थ खाएर मात्ने गरिएको बनाइन्छ । नाइलवरपरका कामदारलाई पनि ज्यालाका रूपमा पोषक अन्न, गुलियो मदिरा दिइन्थ्यो । फारोदेखि किसानसम्म र बालबालिकाले पनि दैनिक आहारका रूपमा बियर खाने गर्थे ।

अधिकांश प्राचीन बियरमा म्यान्ड्रेकल, छकडा, ओलिभ तेलगायत असाधारण एडिटिभ राखिएको हुन्थ्यो । बियरको आधुनिक स्वाद मध्यकालसम्म पनि नआएको ऐतिहासिक प्रमाण छन् । जब इसाई भिक्षु तथा आर्टिजानले बियर उत्पादन र व्यापक प्रयोग गर्न थाले । त्यसपछि बियरको स्वादमा व्यापक सुधार हुँदै गएको बताइन्छ ।
प्रारम्भिक मध्यकालमा आधुनिक बियरको जन्म भएको हो । सयौं वर्ष माल्ट गरेको जौंलाई फर्मेन्ट गर्ने सुगर मानियो ।

 

 

होप्स नामक वनस्पति तितो बनाउन तथा फ्लेभर राख्न प्रयोग गरे पनि त्यो १२औं शताब्दीसम्म सबैले प्रयोग गरेनन् । जर्मन इसाई भिक्षुले होप्सलाई प्रयोग गर्न थाले किनकि होप्सको प्रयोगले बियरलाई तितो र तिर्खा मेटाउने किसिमको बनायो, बियरलाई थप फाइदाजनक बनायो । र, बियरलाई लामो समय राख्न लायक बनायो । इतिहासविद्हरूले इसाई भिक्षुलाई बियरमा प्राप्त नवीनताको श्रेय दिन्छन् ।

 

 

त्यसयता उत्तरी युरोप, बेल्जियम, बेलायत बियरको केन्द्र बन्न पुग्यो । युरोपको साम्राज्य विस्तार भएसँगै बियर पनि विश्वभर फैलन थालेको हो । मर्चा बियर उत्पादनको मुख्य इन्ग्रिडियन्ट भए पनि बियर उत्पादकलाई यसबारे थाह थिएन । १९औं शताब्दीपछि मात्र बियर उत्पादनमा मर्चा प्रयोग गर्न थालिएको हो ।
 

 

 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, साउन २३, २०७७  १०:०८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC