site stats
बाह्रखरी :: Baahrakhari
विशेष
लकडाउन खुलेसँगै कोरोना संक्रमण बढ्यो 

काठमाडौं । सरकारले लकडाउन खुलेपछि कोरोना संक्रमणको दर बढेको छ । जनसंख्या तथा स्वास्थ्य मन्त्रालयका अनुसार ०.८ प्रतिशतले कोरोना संक्रमणको दर बढेको छ । 

लकडाउन अगाडिको ११ दिनमा सरकारले ४७ हजार ८७७ जनामा पीसीआर परीक्षण गर्दा १ हजार ३४५ जनामा कोरोना पोजेटिभ देखिएको थियो ।  

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

लकडाउन खुलेको ११ दिन (साउन ७ देखि १७ गतेसम्म) ५८ हजार १७४ जनामा पीसीआर परीक्षण गरिएकोमा २ हजार ९२ मा पोजेटिभ रिपोर्ट आएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

यो तथ्यांक अनुसार ०.८ प्रतिशतले संक्रमित दर बढेको हो । 

हाल देशभर सक्रिय संक्रमितको संख्या ५ हजार ३३८ छ । 
 

प्रकाशित मिति: शनिबार, साउन १७, २०७७  १६:५७
प्रतिक्रिया दिनुहोस्