site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नक्कली सुन र पेस्तोल प्रहरीलाई दिने गिरोहका नाइके भारतीय ‘मोस्ट वान्डेट’ इल्ताफ हुसेन !
SkywellSkywell

काठमाडौं । काठमाडौंमा नक्कली सुन र हतियार बरामद प्रकरणका मुख्य नाइके इल्ताफ हुसेन अन्सारी रहेको प्रहरीले निष्कर्ष निकालेको छ । उनकै योजनामा सबै घटना भएको प्रहरीको निष्कर्ष छ । इल्ताफ बाराका हुन् । उनी नक्कली भारतीय नोट कारोबारमा जेल परेका थिए । उनी नक्कली नोट कारोबार गिरोहका नाइके भनिँदै आएका युनिस अन्सारी समूहका सदस्य पनि हुन् ।

२६ जेठ ०६७ मा ललितपुर जिल्ला अदालतले अन्सारीलाई नक्कली भारु नोट कारोबारमा दोषी ठहर गर्दै कैद र जरिवाना सुनाएको थियो । उनी जेल परेर छुटेपछि सुन तस्करीलगायत अवैध क्रियाकलापमा लागेको प्रहरी स्रोत बताउँछ । उनी भारतमा ‘मोस्ट वान्डेट’को सूचीमा रहेको एक उच्च अधिकारीले जानकारी दिए ।

KFC Island Ad
NIC Asia

प्रहरीले मंगलबार बिहान काठमाडौंको कमलादीबाट साढे १४ किलो नक्कली सुन र हतियार बरामद गरेको भन्दै पत्रकार सम्मेलन गरेको थियो । जसमा आधा किलो सक्कली सुनसमेत थियो । तर तस्करले प्रयोग गरेको बा.६च ५५१९ नम्बरको स्कार्पियो सोही नक्कली सुन र हतियार भएको पेस्तोलको झोला फालेर भागेको प्रहरीले जनाएको थियो । काठमाडौंजस्तो सुरक्षित स्थानबाटै गाडी भागेको बताइएपछि प्रहरी अनुसन्धान विवादमा तानिएको थियो । विवादपछि प्रहरी अपरेसनको अनुसन्धानका लागि महानगरीय प्रहरी कार्यालय रानीपोखरीले छानबिन समिति गठन गरेको थियो । समितिले महानगरीय प्रहरी वृत्त दरबारमार्गले घटनास्थल नै परिवर्तन गरेको र गाडीबाट झोला फालेको नभई प्रहरीलाई नै झोला दिइएको निष्कर्ष निकालेको छ । एक उच्च अधिकारीले भने, “कुन उद्देश्यले प्रहरीले गाडी भगायो त्यो खुल्न बाँकी छ । तर प्रहरीको मिलेमतो स्पष्ट देखिएको छ । घटनामा संग्लन तीनजना पक्राउ परेका छन् । फरार दुईजना छन् । यसमध्ये नाइके इल्ताफ पक्राउ परे सबै खुल्नेछ ।”

गाडीमा सुन र हतियार आइरहेको सूचना सबैभन्दा पहिले दरबारमार्ग वृत्तमा कार्यरत एक प्रहरीले नै दिएका थिए । तर गाडी झोला दिएर भागेपछि प्रहरीले उनैबाट अनुसन्धान सुरु गरेको थियो । अनुसन्धानका क्रममा महानगरीय प्रहरी वृत्त दरबारमार्गले घटनास्थल नै परिर्वतन गरेको पाइएपछि प्रहरीमाथि आशंका बढेको हो । प्रहरी आर्थिक प्रलोभनमा परेको देखिएको एक अधिकारीले बताए ।

Royal Enfield Island Ad

भारतीय व्यापारीबाट लिइएको थियो रकम
प्रारम्भिक अनुसन्धानका क्रममा बरामद भएको नक्कली सुनमा भारतीय व्यापारीको लगानी रहेको खुलेको छ ।

छानबिन समितिका एक अधिकारीले भने, “यो गिरोहले भारतीय व्यापारीबाट रकम लिएर नेपालबाट सुन ल्याएर दिने बताए । तर सुन प्रहरीले पक्राउ गरेको देखाएर उनीहरुले रकम फिर्ता दिन नसकिने योजना बनाए । त्यसक्रममा उनीहरुले थोरै मात्रै सक्कली र अरु नक्कली सुन बनाए । त्यही योजनाअनुसार प्रहरीसँग सेटिङ मिलाए ।”

उनीहरुले भारतीय व्यापारीलाई प्रहरीले नै सक्कली सुनलाई नक्कली बनाएको भन्ने योजना बनाएको खुलेको ती अधिकारीले बताए । घटनामा संलग्न चारजना पूर्वी नवलपरासीबाट पक्राउ परेका छन् भने गाडी ललितपुरमा फेला परेको छ ।

प्रहरीलाई कारबाहीको सिफारिस गर्ने तयारी
समितिले घटनामा संग्लन प्रहरीलाई कारबाहीको सिफारिस गर्ने तयारी गरेको छ । जसमा अधिकांश दरबारमार्ग वृत्तमा कार्यरत प्रहरी पर्ने बताइएको छ । दरबारमार्ग प्रहरीको नेतृत्वले घटनाबारे समयमै माथिल्लो निकायमा खबर नगरेको पाइएको छ । समितिका एक सदस्यले भने, “सम्भवतः आजै कारबाहीको सिफारिस गर्छौं । यसमा धेरै अनुसन्धान आवश्यक देखिएन् । प्रहरीको संग्लनता प्रस्टै देखिन्छ । निलम्बनदेखि बर्खास्तीसम्मको सिफारिस गर्नसक्छौं ।”

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, साउन १६, २०७७  १०:३४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro