site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
सरला गौतमको ‘डुमेरो’ सार्वजनिक
Sarbottam CementSarbottam Cement

काठमाडौं । सरला गौतमको उपन्यास ‘डुमेरो’  सार्वजनिक गरेको छ । यो उपन्यासले सानो सहरमा हुर्किएकी एउटी किशोरीले ठूलो संसारमा प्रवेश गर्दैगर्दा पहिचान खोज्दाको कथालाई अंगालेको छ ।

पत्रकरिताबाट लेखनमा लागेकी गौतमले आफूलाई सामाजिक सरोकारमा मुखरित हुने आलोचनात्मक टिप्पणीकारको रुपमा स्थापित गरेकी छिन् । यो उपन्यास उनको पहिलो साहित्यिक कृति हो ।

Prabhu Bank
Agni Group
NIC Asia

शीर्षक ‘डुमेरो’ आफैंमा नौलो शब्द छ ।  कुनै गन्तब्य विहीन यात्रामा निस्किएको घुमन्ते अन्वेषकको अर्थ राख्ने यो शब्दले एकैसाथ अनेक प्रतीकात्मक अर्थ बोक्छ । “यो शब्द सुन्नमा लयालु त छदै छ,” गौतम भन्छिन्, “तर यसको अर्थ गहन छ । महिलाको पहिचानलाई घरेलुपनले सधैँ बन्धनमा पारेको हुन्छ । तर अब हामी इतिहासको मध्य मोडमा उभिएका छौ, जहाँ पुरुष र महिला लिंगको आधारमा मात्र परिभाषित हुने बेला छैन । अबको पुस्ताले अघिल्ला पुस्ताजस्तो किटान गरेर आफ्नो गन्तब्य तय गर्न सक्तैन । हाम्रा चुनौती अमुर्त छन्, संघर्ष नौला छन् । यस्तै चुनौती र संघर्षमा जेलिएको एक आम पात्रको कथा हो डुमेरो ।”

गौतमको ‘कृति’ प्रकाशक नेपाललयले सार्वजनिक गरेको हो । 

Global Ime bank

पुस्तकको शैलीको बारेमा बोल्दै नेपालयकी भूषिता वशिष्ठ भन्छिन्, “गौतमले वकालत गर्ने भाषाको गैरराजनीति धारणा उनको पुस्तकमा पनि देखिएको छ । उनले पात्रहरूका सशक्तिकरण, पहिचान र बदलिदो सम्बन्धहरूका गुत्थालाई क्लिष्ट वा प्राविधिक पदावली नराखी सरल र चलनचल्तीको भाषामा उधिन्छिन । यो पुस्तकले नेपालयको आख्यान प्रकाशनमा विविधता अंगाल्ने प्रतिबद्धतालाई पनि उजागर गरेको छ ।”

लकडाउनकै समयमा बजारमा ल्याएको पहिलो कृति ‘परित्यक्ता’ले बन्दाबन्दीका बाबजूद तुलनात्मक रुपमा निकै राम्रो बजार लिएकोले यो कृतिले पनि राम्रो बजार पाउनेमा आशावादी रहेको नेपालयकी सैजन मास्के बताउछिन् ।

नेपाली बजारको लागि ‘डुमेरो’ को मूल्य ४९५ रुपैयाँ निर्धारण गरिएको छ, जुन देशका प्रमुख पुस्तक पसलहरूमा उपलब्ध हुनेछ । यसको ई-बुक प्रतिलिपि भने थुप्रै डट कम किन्न सकिन्छ साथै यो पुस्तक अनलाइन बिक्रेता अमेजनमार्फत् विश्वव्यापी रूपमा पनि उपलब्ध हुनेछ ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, साउन १५, २०७७  १८:१५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement