site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad

सत्तारुढ कम्युनिस्ट गठबन्धन संसद्मा एकपछि अर्को बलमिच्याइँमा उत्रेपछि विपक्षसँगको दूरी बढ्दै गएको छ । सत्ताको नेतृत्व गर्ने नेपाल कम्युनिस्ट पार्टी ९माओवादी केन्द्र०का महासचिव भने ‘शान्ति प्रक्रिया’ निष्कर्षमा पुर्‍याउन राष्ट्रिय सहमति आवश्यक भएको भाषण गर्छन् । बलमिच्याइँ गरेर ‘राष्ट्रिय सहमति’ हुन्छ र ?

प्रतिनिधि सभामा सोमवार विपक्षको नारावाजीबीच मर्यादापालकको घेरामा प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मतको प्रस्ताव राखे र सभामुखले त्यसरी नै पारित भएको घोषणा गरिदिए । यस्तै मंगलवार पनि मर्यादापालककै घेराभित्र विपक्षको नारावाजीबीच प्रधानमन्त्रीले राष्ट्रपतिलाई धन्यवाद दिने प्रस्ताव राखे र सभामुखले पारित भएको घोषणा गरे ।  

यी दुवै घटना संसदीय अभ्यास र मर्यादाविपरीतका हुन् । त्यतिमात्र होइन सत्ता पक्षको अधिनायकवादी मानसिकता पनि यी घटनाबाट उजागर भएको छन् । प्रतिनिधि सभाका सभामुखले नै संसदीय परम्परा एवं अभ्यासको मर्यादा नराखेपछि यस्ता घटना हुनु असामान्य त नहोला तर उचित पनि होइन ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

देशको वर्तमान अवस्था भने संसद्को सबैभन्दा ठूलो पार्टीलगायत सम्पूर्ण विपक्षलाई बहुमतको आडमा निषेध गरेर जान मिल्ने देखिँदैन । सत्तारुढ गठबन्धनले बलमिच्याइँ गरेरै जान खोज्यो भने लोकतान्त्रिक पद्धतिमात्र होइन संविधान नै सङ्कटमा पर्नसक्छ । कम्तीमा प्रधानमन्त्री दाहालले त यसको हेक्का राख्नुपर्ने हो । 

प्रधानमन्त्री दाहालले शान्ति प्रक्रिया टुंगोमा नपुग्दासम्म उनको कार्यभार समाप्त हुँदैन भन्ने पक्कै बिर्सेका छैनन् होला । माओवादी केन्द्रका महासचिवले ‘बेपत्ता योद्धा समाज परिवार नेपाल’को कार्यक्रममा सोमवार भनेजस्तै कम्तीमा विस्तृत शान्ति सम्झौतामा सहभागी राजनीतिक दलहरूबीच सहमति नभई शान्ति प्रक्रिया निष्कर्षमा पुग्दैन । 

विस्तृत शान्ति सम्झौताको प्रमुख पक्षमा मूलतः नेपाली कांग्रेस र तत्कालीन विद्रोही नेकपा (माओवादी) नै हुन् । अहिले कटु लागे पनि अरू राजनीतिक दलहरू यथार्थमा फड्के किनाराका साक्षीमात्र हुन् । यद्यपि, अरू राजनीतिक दलको भूमिका उतिबेलामात्र होइन अहिले पनि कम भछैन । 

विस्तृत शान्ति सम्झौताका हस्ताक्षर भएको करिब दुई दशक पुग्ने बेला भयो । यसबीच शान्ति प्रक्रियाका केही काम सकिएका छन् भने मूलतः सङ्क्रमणकालीन न्याय सम्पादनको काममा भने खासै प्रगति भएको देखिँदैन । यसबीच कांग्रेस र माओवादीका नेताहरू पटकपटक प्रधानमन्त्री पनि भइसकेका छन् ।  

पीडितहरूसमेतको सहमतिमा अन्तर्राष्ट्रिय मापदण्डअनुकूल हुनेगरी सङ्क्रमणकालीन न्यायसम्बन्धी कानुन निर्माण गर्न सर्वोच्च अदालतले समेत परमादेश गरिसकेको छ । तैपनि, कानुन निर्माणका लागि सरकारले गम्भीर प्रयास गरेको देखिएको छैन । लाग्छ, राजनीतिक दलका नेताका लागि सङ्क्रमणकालीन न्याय सम्पादन नै काउसो भइसकेको छ । 

परिणाम जे भए पनि नेपाली कांग्रेस र माओवादीले शान्ति प्रक्रियाको अपनत्व त लिनैपर्छ । शान्ति सम्झौतामा नेकपा ९एमाले०का नेताहरूको पनि योगदान होला तर उनीहरू प्रमुख पात्र होइनन् । यस्तै, शान्ति प्रक्रियापछि जन्मेका दलका नेताले यसको गहन पक्ष बुझेका समेत नहुनसक्छ । 

 यसैले सङ्क्रमणकालीन न्याय पनि सत्ताको लेनदेनबाहेकै कांग्रेस र माओवादी दुवै दलका नेताको प्राथमिकतामा पर्नुपर्ने हो । तर, कांग्रेससँग प्रधानमन्त्री दाहालले गरेको हालैको व्यवहार र विशेषगरी संसदीय मर्यादा मिचेर गरिएको बलजफ्तीले सत्ता र विपक्षबीचको दूरी निकै बढाएको छ । मुलुक संवादहीनताको अवस्थामा पुग्यो भने त्यसबाट हुनसक्ने क्षतिको अनुमानमात्र पनि भयावह हुनेछ । 

संसदीय अभ्यासलाई मर्यादापूर्ण बनाउन अरू दलभन्दा नेपाली काङग्रेस बढी गम्भीर हुनुपर्छ । कारण कम्युनिस्टहरू यसै पनि संसदीय पद्धतिका पक्षधर होइनन् भने सत्तामा रहेका अरू दलहरूको सैद्धान्तिक दृष्टिकोण स्पष्ट छैन । यसले कांग्रेसको जिम्मेवारी पक्कै पनि थपेको छ ।

   

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, जेठ ८, २०८१  १४:५५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Kitchen Concept NoticeKitchen Concept Notice
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro