site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
प्रधानमन्त्रीसहित कुन मन्त्रीको सम्पत्ति कति ? (सूचीसहित)
SkywellSkywell

काठमाडौं । संघीय मन्त्रिपरिषद् सदस्यको सम्पत्ति विवरण सार्वजनिक गरिएको छ । सार्वजनिक पद धारण गरेका व्यक्तिले आफ्नो सम्पत्ति विवरण सम्बन्धित् कार्यालयमा बुझाउनुपर्ने संवैधानिक व्यवस्था छ । हालै बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार मंगलबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले मन्त्रिपरिषद् सदस्यको सम्पत्ति विवरण सार्वजनिक गरेको हो । 

उक्त विवरणअनुसार केही मन्त्रीहरूको करोडौँ मूल्य बराबरको सम्पत्ति रहेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको पैतृक सम्पत्तिमा दुई तोला सुन बढेको देखिन्छ ।  

कसको कति सम्पत्ति ?

KFC Island Ad
NIC Asia

पुष्पकमल दाहाल प्रचण्ड, प्रधानमन्त्री 

प्रधामनमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूसँग पाँच तोला सुन रहेको खुलाएका छन् । मंगलबार सार्वजनिक सम्पत्ति विवरणमा सुन प्राप्तिको स्रोत पैतृक रहेको उल्लेख छ । 

२०७३ सालमा सार्वजनिक गरेको सम्पत्ति विवरणमा तीन तोला मात्रै सुन रहेको उल्लेख थियो । मंगलबार सार्वजनिक गरिएको विवरणमा दुई तोला सुन थपिएको देखिएको छ । त्यतिबेलाको सम्पत्ति विवरणमा भरतपुरमा एक कठ्ठा मात्रै जग्गा रहेको उल्लेख थियो ।

नयाँ विवरणअनुसार, भरतपुर महानगरपालिकाको–१४, मा रहेको घर १४ कठ्ठाको घरघडेरी रहेको उल्लेख छ । जुन स्व. श्रीमती सीता दाहालको नाममा रहेको विवरणमा जनाइएको छ । भरतपुर महानगरपालिकाको वडा नम्बर १२ मा एक कठ्ठा जग्गा रहेको विवरणमा उल्लेख छ । २५ लाख रुपैयाँ बैंक, वित्तीय तथा सहकारी संस्थामा रहेको विवरणमा उल्लेख छ ।

रघुवीर महासेठ, मन्त्री उपप्रधान तथा भौतिक पूर्वाधार तथा यातायात

नेकपा (एमाले)का सचिव समेत रहेका उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठको दुई करोड २५ लाख रुपैयाँ बैंक ब्यालेन्स देखिएको छ । महासेठले बुझाएको सम्पत्ति विवरणमा काठमाडौंमा चार रोपनी सात आना जग्गा र दुई घर रहेका उल्लेख छ । यस्तै, मधेसमा आठ बिघा, १२ कट्ठा ११ धुर जग्गा रहेको पनि सम्पत्ति विवरणमा उल्लेख छ ।

उनले आफूसँग ४३ तोला सुन र डेढ किलो चाँदी रहेको खुलाएका छन् । त्यसबाहेक उनले सातथान औँठी, चारथान हार, तीनजोर कानमा लगाउने गहना र दुईजोर सुनका चुरा रहेको खुलाएका छन् । उनले अधिकांश जग्गा श्रीमती जुलीकुमारी महतोका नाममा रहेको उल्लेख गरेका छन् । महासेठको श्रीमतीका नाममा सिन्धुलीको कमलामाई नगरपालिकामा चार कट्ठा जग्गा रहेको सम्पत्ति विवरणमा उल्लेख छ ।
 

नारायणकाजी श्रेष्ठ, मन्त्री, उपप्रधान तथा परराष्ट्र

परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले आफ्नो बैंक खातामा एक लाख २२ हजार ९१८ रुपैयाँ रहेको सम्पत्ति विवरणमा उल्लेख गरेका छन् ।  उनले आफूले पार्टी अध्यक्ष प्रचण्डले दिएको गाडी प्रयोग गरिरहेको पनि जनाएका छन् । बा १० च ५७९८ नम्बरको महिन्द्रा गाडी पार्टी अध्यक्ष प्रचण्डले उपलब्ध गराएको विवरणमा उल्लेख छ ।

उनको गोरखाको सिरानचोक गाउँपालिका वडा नम्बर ८ मा तीन कित्ता जग्गा छ । जुन २०५८ सालमै पार्टीलाई हस्तान्तरण गर्ने घोषणा गरेको र हाल प्रक्रियामा रहेको विवरणमा उल्लेख छ । आफूसँग कुल ३९ रोपनी पाँच आना चार दाम पैतृक जग्गा रहेको जनाएका छन् ।

रवि लामिछाने, मन्त्री उपप्रधान तथा गृह

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको भक्तपुरमा एक रोपनी एक आना जग्गा रहेको छ । मंगलबार सार्वजनिक गरिएकाे सम्पत्ति विवरणअनुसार, बाँकी अधिकांश सम्पत्ति उनको श्रीमती निकिता पौडेल लामिछानेको नाममा रहेको उल्लेख छ । विवरणअनुसार, लामिछानेको ग्लोबल आईएमई बैंकमा पाँच हजार र नेपाल बैंक लिमिटेडमा एक लाख पाँच हजार नगद रहेको उल्लेख छ । यस्तै, उनीसँग ८० तोला सुन रहेको र अधिंकाश बुबा, आमा तथा केही श्रीमती पौडेलले खरिद गरेको उल्लेख छ ।

वर्षमान पुन, मन्त्री अर्थ 

अर्थमन्त्री वर्षमान पुनको नाममा रोल्पामा पैतृक सम्पत्ति ८२० वर्ग मिटर क्षेत्रफल जग्गा रहेको छ । सम्पत्ति विवरणअनुसार, एनएमबी बैंकमा ३३ लाख ७० हजार ६१८ रुपैयाँ नगद रहेको छ । त्यो पनि तलबभत्ता र भ्रमणभत्ता जोडेर विवरणमा देखाइएको छ । हलुका सवारीसाधन भने पार्टीले दिएको उल्लेख छ । त्योबाहेक उनले आफ्नो नाममा केही पनि नभएको उल्लेख गरेका छन् । श्रीमती ओनसरी घर्ती मगरको नाम भने उनले उल्लेख गरेका छैनन् ।

डोलप्रसाद (डीपी) अर्याल, मन्त्री श्रम 

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद (डीपी) अर्यालसँग देशका १३ स्थानमा घरजग्गा रहेको सम्पत्ति विवरणमा उल्लेख गरिएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति समेत रहेका अर्यालले आफ्नो सम्पत्ति विवरणमा १५० तोला सुन र बैंकमा दुई करोड १८ लाख नगद मौज्दात रहेको उल्लेख गरेका छन् ।

सम्पत्ति विवरणमा उनले आफूसँग १०० तोल चाँदी र १० तोला हीरा रहेको समेत खुलाएका छन् । उनीसँग विभिन्न कम्पनीका ६७ हजार कित्ता सेयर रहेको सम्पत्ति विवरणमा उल्लेख छ । मेगा बैंकको १० हजार कित्ता, बिग इन्भेस्टमेन्टको ३५ हजार, पिपुल इन्भेस्टमेन्टको नौ हजार, जनसागर सहकारीको १० हजार, संयम सहकारीको दुई हजार र सुवर्णभूमि सहकारीको एक हजार कित्ता सेयर रहेको उनले खुलाएका छन् ।

raswapa-mantri-1716294475.JPG
 

सुमना श्रेष्ठ, मन्त्री शिक्षा 

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले बैंकमा नगद मौज्दात एक करोड ५२ लाख रुपैयाँ रहेको आफ्नो सम्पत्ति विवरणमा उल्लेख गरेकी छन् । सम्पत्ति विवरणानुसार, उक्त रकम विभिन्न बैंकमा मौज्दात छ । एनआईसी एसिया बैंकमा ११५ लाख (एक करोड १५ लाख) र एभरेस्ट बैंकमा ३७ लाख आफ्नो नगद मौज्दात रहेको उनले उल्लेख गरेकी छन् । यी सबै रकम पारिश्रमिकबापत पाएको विवरणमा उल्लेख छ । यस्तै, उनीसँग ११ तोला सुन, १० तोला चाँदी, एक सेट हीराको हार र एक सेट हीराको टप रहेको विवरणमा उल्लेख छ ।

रेखा शर्मा, मन्त्री सञ्चार तथा सूचना प्रविधि

सञ्चारमन्त्री रेखा शर्माको २० लाख रुपैयाँ सहकारीमा रहेको छ । सार्वजनिक सम्पत्ति विवरणअनुसार, सञ्चारमन्त्री शर्मासँग एक लाख ७८ हजार रुपैयाँ दुई बैंकमा बचत रहेको छ । कीर्तिपुरमा उनको साढे दुई तलाको घर रहेको उल्लेख छ । प्युठानमा रहेको पैतृक घर बिक्री गरी अर्काे घर निर्माणमा लगानी गरेको उल्लेख छ । पैतृक तथा उपहारबापतको ६ तोला सुन र दुई तोला चाँदी पनि उनीसँग रहेको छ । उनको परिवारका सदस्यसहितको नाममा एक हजार ५०० कित्ता आईपीओसहितको सेयर रहेको पनि उल्लेख छ । उनीसँग ३६ लाख रुपैयाँको कार र बैंकबाट ६५ लाख रुपैयाँ ऋण लिएको विवरणमा उल्लेख छ ।

धनबहादुर बुढा, मन्त्री सहरी विकास 

सहरी विकासमन्त्री धनबहादुर बुढासँग दुई करोडभन्दा बढीको सुन रहेको छ । सम्पत्ति विवरणअनुसार हाल उनीसँग १५० तोला सुन मौज्दात रहेको छ । मंगलबारको बजार भाउमा यो दुई करोड बढीको हो । उनीसँग ३०० तोला चाँदी रहेको उल्लेख छ । उनको काठमाडौं महानगरपालिका–६, मा सात आना जग्गा रहेको विवरणमा उल्लेख छ । जुन अहिलेको बजार भाउमा तीन करोडमाथिको सम्पत्ति हो । उनीसँग ६० लाख रूपैयाँ बैंकमा मौजुदा रहेको उल्लेख छ ।


विराजभक्त श्रेष्ठ, मन्त्री खेलकुद 

युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले ‘सेयर मार्केट’मा एक करोड बढी लगानी गरेका छन् । उनले मन्त्रिपरिषद्‌मा बुझाएको सम्पत्ति विवरणअनुसार, उनीसँग १५ हजार ९०६ कित्ता सेयर रहेको छ । जसको मूल्य एक करोड ९ लाख ८० हजार ५०९ रूपैयाँ रहेको उनले उल्लेख गरेका छन् । 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलका उपनेता समेत रहेका उनले आफ्नै बुबा वीरेन्द्रभक्त श्रेष्ठसँग २० लाख रूपैयाँ ऋण लिएका छन् । २०७० सालमा लिएको ऋण अझै फिर्ता नगरेको विवरण उनले उल्लेख गरेका छन् । हाल उनीसँग कुल ५० लाख ऋण रहेको पनि उल्लेख छ । उनीसँग ल्यान्ड क्रुजर, विद्युतीय सवारीसाधन रहेका छन् । बैंकमा उनीसँग ८३ लाख ७२ हजार ७४५ रूपैयाँ रहेको छ ।

नवलकिशोर साह सुडी, मन्त्री वन 

वन मन्त्री नवलकिशोर साह सुडीको सुनमात्र १५८ तोला रहेको छ । उनीसँग करिब डेढ किलो अर्थात एक हजार ४२९ ग्राम चाँदी रहेको छ । सुडीले पेस गरेको सम्पत्ति विवरणमा अधिकांश सुन तथा चाँदीको स्रोत दाइजो अर्थात दहेज राखिएको छ । मन्त्रीसँग १२ बोरा राइफल नामक बन्दुकसमेत सम्पत्ति विवरणमा समेटिएको छ । काठको र पक्की गरी नौवटा घर भएको सम्पत्ति विवरण बुझाएका सुडीसँग धनुषाको क्षिरेश्वर नगरपालिका जानकी पार्कमा रहेका फनपार्कमा २५ प्रतिशत अर्थात एक करोड  ३५ लाख बराबरका सेयर रहेको छ । 

०७९ सालको प्रतिनिधिसभा निर्वाचनको दुई महिनाअघि ०७९ असोज ७ र १९ गते उनले क्रमशः ४५ लाख र ३५ लाख गरी ८० लाख रुपैयाँ ऋण लिएको पनि सम्पत्ति विवरणमा उल्लेख गरेका छन् । त्यसबाहेक सुडीले दुई विद्युतीय कार र ४५ लाख ५९ हजार ३६२ रुपैयाँ बैक ब्यालेन्स रहेको सम्पत्ति विवरण पेस गरेका छन् । 
सुडीसँग करिब नौ बिघा जग्गा रहेको पनि सम्पत्ति विवरणमा उल्लेख छ ।

भगवती चौधरी, मन्त्री महिला, बालबालिका तथा ज्येष्ठ नागरिक

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीको सम्पत्तिमा पाँच तोला सुन र २५ किलो चाँदी देखिएको छ । सार्वजनिक सम्पत्ति विवरणअनुसार, चौधरीको काठमाडौंमा १२ आना, एक पैसा र तीन दाममा बनेको घर छ । यस्तै, सुनसरीको दुहवीमा एक कठ्ठा एक धुर जग्गामा बनेको घर रहेको उल्लेख छ । 

चौधरीले पेस गरेको सम्पत्ति विवरणमा कस्तो र कति तले घर रहेको भन्ने उल्लेख छैन । सुनसरीमा घर रहेका क्षेत्रबाहेक करिब तीन बिघा १० कठ्ठा जग्गा रहेको उनको सम्पत्ति विवरणमा उल्लेख छ । चौधरीको कुल जग्गामध्ये १५ कठ्ठा जग्गा दाङको सोनापुरमा रहेको उल्लेख छ । 

करिब एक लाख रुपैयाँ बैंक ब्यालेन्स रहेको उनको सम्पत्ति विवरणमा फर्वाड लघुवित्त वित्तीय संस्थामा दुई लाख ४२ हजार १०५ कित्ता संस्थापक सेयर रहेको तथा अन्यमा एक लाख ५० हजार कित्ता सेयर रहेको उल्लेख छ । अधिकांश सम्पत्तिको स्रोत उनले स्वःआर्जन भनेकी छन् । उनले ६० लाख, ५० लाख र एक करोड ऋण लिएकोमा एक करोड ऋण तिर्न बाँकी रहेको पनि सम्पत्ति विवरणमा खुलाएकी छन् ।

राजेन्द्र राई, मन्त्री खानेपानी

खानेपानीमन्त्री राजेन्द्र राईले आफूसँग सात गाई, ६३ बाख्रा समेत रहेका सम्पत्ति विवरणमा उल्लेख गरेका छन् । सार्वजनिक विवरणानुसार, राईसँग गाई र बाख्रा गरेर ३५ लाख रुपैयाँबराबरको सम्पत्ति छ । रामबहादुर राई र राष्ट्रिय वाणिज्य बैंकको गरेर आफ्नो ५५ लाख रुपैयाँ ऋण रहेको उनले उल्लेख गरेका छन् ।
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, जेठ ८, २०८१  १७:५८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro