site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
सरकारका मन्त्रीका तीन मोह– सुन, सेयर र सेभिङ

काठमाडौं । चौतर्फी आलोचनापछि बल्लबल्ल प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले मंगलबार मन्त्रीदेखि प्रधानमन्त्रीसम्मको सम्पत्ति विवरण सार्वजनिक गरेको छ ।

०४८ सालको आमनिर्वाचनपछि बनेको गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारको पहिलो निर्णय थियो– ‘मन्त्रीहरूको सम्पत्ति विवरण १५ दिनभित्र सार्वजनिक गर्ने ।’

सुरुमा सम्पत्ति विवरण मन्त्रीको शपथ लिएपछि सार्वजनिक गरिएको थियो । ०५२ सालमा मनमोहन अधिकारीको नेतृत्वमा नेकपा (एमाले)को सरकार बनेपछि सम्पत्ति विवरण सात दिनभित्र सार्वजनिक गर्ने बनाइएको थियो ।

Dabur Nepal
NIC Asia

सम्पत्ति विवरण सार्वजनिक गर्ने अभ्यासले निरन्तरता पाउँदै आए पनि केही वर्षयता भने यो रोकिएको थियो । मन्त्रीहरूले सम्पत्ति विवरण बुझाए पनि सार्वजनिक गर्ने गरिएको थिएन ।

चारैतिरको दबाबपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले मंगलबार मन्त्रीहरूले बुझाएको सम्पत्ति विवरण आफ्नो वेबसाइटमार्फत सार्वजनिक गरेको हो ।

सम्पत्ति विवरणहरू हेर्दा सरकारका मन्त्रीहरूको तीन कुरामा बढी नै मोह देखिन्छ । ती हुन्– सुन, सेयर र नगद बचत ।

निकै धनी देखिए श्रममन्त्री अर्याल

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उसभापति डोलप्रसाद अर्यालले आफूसँग १५० तोला सुन, १०० तोला चाँदी र १० तोला हिरा रहेको खुलासा सम्पत्ति विवरणमा गरेका छन् । उनले यी सम्पत्ति व्यापारबाट जोडेको दाबी गरेका छन् ।

मन्त्री अर्याल र उनको परिवारको नाममा विभिन्न बैंक खातामा दुई करोड १८ लाख रुपैयाँ नगद छ । जनसागर सहकारीमा एक करोड १५ लाख रुपैयाँ, ग्लोबल आईएमई बैंकमा ५० लाख रुपैयाँ, हिमालयन बैंकमा २० लाख रुपैयाँ, प्राइम बैंककमा १३ लाख रुपैयाँ, राष्ट्रिय वाणिज्य बैंकमा चार लाख रुपैयाँ, मेगा बैंकमा एक लाख रुपैयाँ र जनसागर सहकारीमा १५ लाख रुपैयाँ बचत रहेको उनले सम्पत्ति विवरणमा उल्लेख गरेका छन् । 

मन्त्री अर्याल र उनको परिवारको सदस्यको नाममा विभिन्न कम्पनीका ६७ हजार कित्ता सेयर छ ।

मेगा बैंकको १० हजार कित्ता, बिग इन्भेस्टमेन्टको ३५ हजार, पिपुल इन्भेस्टमेन्टको नौ हजार, जनसागर सहकारीको १० हजार, संयम सहकारीको दुई हजार र सुवर्णभूमि सहकारीको एक हजार कित्ता सेयर रहेको उनले खुलाएका छन् ।

गृहमन्त्री लामिछाने

गृहमन्त्री रवि लामिछानेले सम्पत्ति विवरणमा करिब ८० तोला सुन र १५–२० केजी चाँदी रहेको खुलाएका छन् । 

सुन र चाँदीको स्रोत अधिकांश बुबाआमाबाट प्राप्त र केही खरिद गरेको उनले उल्लेख गरेका छन् । सुन र चाँदी श्रीमतीको सम्पत्ति भएको उनले जनाएका छन् । 

गृहमन्त्री लामिछानेले विभिन्न बैंकमा रहेको आफ्नो र श्रीमतीको खातामा नगद ६ लाख ६४ हजार ११ रुपैयाँ बचत रहेको जनाएका छन् ।

उनले आफ्नो श्रीमती निकिता पौडेलको नाममा गोपीकृष्ण सेन्ट्रल कम्प्लेक्समा आठ करोड ७५ लाख रुपैयाँ बराबरको २५ प्रतिशत सेयर रहेको समेत उल्लेख गरेका छन् ।

भौतिक पूर्वाधारमन्त्री महासेठ

भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले सम्पत्ति विवरणमा आफूसँग ४३ तोला सुन र १.५० केजी चाँदी रहेको खुलाएका छन् । उनले उक्त सुन र चाँदी पैतृक तथा उपहारबाट प्राप्त गरेको जनाएका छन् ।

सम्पत्ति विवरणमा मन्त्री महासेठले विभिन्न बैंकमा दुई करोड २५ लाख रुपैयाँ नगद बचत रहेको समेत उल्लेख गरेका छन् । उनले श्रीमती जुली कुमारी महत्तोको नाममा विभिन्न कम्पनीमा साढे ८ करोड रुपैयाँको सेयर रहेको जनाएका छन् ।

शिक्षामन्त्री सुमना श्रेष्ठ

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले सम्पत्ति विवरणमा आफूसँग ११ तोला सुन, १०० तोला चाँदी, एउटा हिराको सेट र एक सेटा हिराको टप रहेको खुलाएकी छन् । उनले सुन, चाँदी र हिरा उपहार तथा पैतृकरूपमा प्राप्त गरेको दाबी गरेकी छन् ।

मन्त्री श्रेष्ठले विभिन्न बैंकमा रहेको आफ्नो नामको खातामा एक करोड ५२ लाख रुपैयाँ नगद बचत रहेको जनाएकी छन् । उनले आफ्नो श्रीमानको नाममा एक लाख ८९ हजार ७० हजार डलर रहेको पनि खुलाएकी छन् ।

यस्तै, सम्पत्ति विवरणअनुसार मन्त्री श्रेष्ठको नाममा नबिल बैंक, कोसी कोल्याब्रेटिभलगायतको हजारौँ कित्ता सेयर रहेको छ । 

वनमन्त्री सुडी

वन तथा वातावरण मन्त्री नवलकिशोर साह सुडीले आफ्नो श्रीमती, छोरा र बुहारीसँग १५८ तोल सुन रहेको सम्पत्ति विविरणमा उल्लेख गरेका छन् ।

उनको पत्नी सावित्रीदेवी साह सुडीसँग ५६ तोला, छोरा सुमित कुमारसँग ३५ तोला, बुहारी माधवी भारतीसँग २२ तोला, बुहारी शालिनी देवीसँग १७ तोला र बुहारी मन्जु साहसँग २८ तोल सुन रहेको छ । यो सबै सुन विवाहको समया ससुराली र बुबाआमाबाट उपहारस्वरूप प्राप्त गरेको दाबी सम्पत्ति विवरणमा गरेको छन् ।

मन्त्री सुडीले बुझाएको सम्पत्ति विवरणमा उनी आफू र आफ्ना परिवारको सदस्यको नाममा विभिन्न बैंक खातामा ४५ लाख ९९ हजार ३६२ रुपैयाँ बचत रहेको जनाएका छन् । राष्ट्रिय वाणिज्य बैंकमा मात्र नवलकिशोर साह सुडीको नाममा ४० लाख १७ हजार रुपैयाँ छ ।

धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–१ स्थित जानकी फन पार्कमामा बुहारी मन्जु साहको नाममा १ करोड ३५ लाख रुपैयाँ बराबरको २५ प्रतिशत सेयर रहेको उनले जनाएका छन् ।

युवा तथा खेलकुदमन्त्री श्रेष्ठ

युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठले सम्पत्ति विवरणमा आफूसँग १५ तोला सुन र ५० तोला चाँदी रहेको खुलाएका छन् । उक्त सुन र चाँदीको स्रोत विवाह र पैतृक रहेको उनले जनाएका छन् ।

मन्त्री श्रेष्ठले विभिन्न बैंकमा आफ्नो र श्रीमती सृष्टि सिंहको नाममा रहेको खातामा ८३ लाख ७२ हजार ७५४ रुपैयाँ नगद बचत रहेको उल्लेख गरेका छन् ।

बचतको स्रोत स्वआर्जन, पैतृक, विवाह र पारिश्रमिक रहेको दाबी उनको छ । सम्पत्ति विवरण अनुसार, बैंकमा रहेको नगदमा २५ लाख रुपैयाँ श्रीमतीको नाममा छ । बाँकी सबै मन्त्री श्रेष्ठको नाममा छ ।

मन्त्री श्रेष्ठले सम्पत्ति विवरणमा नेपाल स्टक एक्सचेन्जमा सूचीकृत विभिन्न कम्पनीहरूको साधारण र संस्थापक गरी कुल १५ हजार ९०६ कित्ता सेयर रहेको खुलाएका छन् । उक्त सेयरको मूल्य एक करोड ९ लाख ८० हजार ५०९ रहेको उनले जनाएका छन् ।

सहरीमन्त्री बुढा

सहरीमन्त्री धनबहादुर बुढाले सम्पत्ति विवरणमा आफूसँग १५० तोला सुन र ३०० तोला चाँदी रहेको खुलाएका छन् । सुन र चाँदीको स्रोत पैतृक र व्यापार रहेको दाबी उनको छ ।

मन्त्री बुढाले आफ्नो नाममा १५ लाख र श्रीमतीको नाममा ४५ लाख गरी कुल ६० लाख रुपैयाँ नगद विभिन्न बैंकमा बचत गरी राखेको जनाएका छन् । उक्त रकम व्यापार तथा व्यवसायबाट प्राप्त भएको उनले उल्लेख गरेका छन् ।

रक्षामन्त्री उप्रेती

रक्षामन्त्री हरिप्रसाद उप्रेतीले सम्पत्ति विवरणमा आफूसँग २५ तोला सुन रहेको खुलाएका छन् । उक्त सुन पुर्ख्यौली सम्पत्ति भएको दाबी उनको छ ।

उनले कुनै पनि बैंक खातामा रकम रहेको खुलाएका छैनन् । यस्तै, सेयरमा लगानी भएको पनि उनको सम्पत्ति विवरणमा भेटिँदैन ।

खानेपानीमन्त्री राई 

खानेपानी मन्त्री राजेन्द्रकुमार राईले सम्पत्ति विवरणमा आफूसँग १० तोला सुन र १०० तोला चाँदी रहेको खुलाएका छन् । उक्त सुन र चाँदी २०५१ सालअघि नै प्राप्त भएको उनले जनाएका छन् । 

सुन र चाँदी पुर्ख्यौली सम्पत्ति रहेको दाबी उनको छ । सम्पत्ति विवरणमा उनी र उनको परिवारको सदस्यको नाममा बैंकमा नगद बचत रहेको र सेयरमा लगानी गरेको भेटिँदैन ।

महिला बालबालिकामन्त्री चौधरी 

सम्पत्ति विवरणअनुसार महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीसँग सुन ८५ तोला र चाँदी २५ केजी रहेको छ । उनले सुन र चाँदीको स्रोत खुलाएकी छैनन् ।

मन्त्री चौधरीले विभिन्न बैंकमा रहेका आफ्ना खातामा १७ लाख ९९ हजार ९४९ रुपैयाँ नगद बचत रहेको जनाएकी छन् ।

सम्पत्ति विवरणमा उनले फरवार्ड माइक्रोफाइनान्स लघुवित्त संस्थामा संस्थापक सेयर दुई लाख ४२ हजार १०५ कित्ता र अन्य कम्पनीमा एक लाख ५० हजार कित्ता सेयर आफ्नो नाममा रहेको उल्लेख गरेकी छन् ।

भूमि व्यवस्थामन्त्री अधिकारी

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले सम्पत्ति विवरणमा आफूसँग १० तोला सुन रहेको खुलाएका छन् ।

उनले आफू नाममा विभिन बैंकमा १५ लाख रुपैयाँ नगद बचत रहेको जनाएका छन् । यस्तै, छोरा मनोज अकिकारीको नाममा १५ लाख रुपैयाँ बराबरको भिजन इनर्जीको १५ हजार कित्ता सेयर रहेको छ ।

कानुनमन्त्री गिरी

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले सम्पत्ति विवरणमा आफूसँग २३ तोला सुन रहेको खुलाएका छन् । उत्त सुन पैतृक सम्पत्ति भएको दाबी उनको छ ।

उनले बैंक खातामा एक लाख रुपैयाँ नगद बचत रहेको उल्लेख गरेका छन् । सम्पत्ति विवरणमा उनले पोखराको न्यू एरा रेस्टुरेन्ट एन्ड पार्टी प्यालेसमा ५० लाख रुपैयाँ लगानी रहेको जनाएका छन् ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, जेठ ८, २०८१  २१:१५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro