site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
रिया चक्रवर्ती फरार, सोधपुछका लागि गएको प्रहरी रित्तै फर्कियो
Sarbottam CementSarbottam Cement

एजेन्सी । सुशान्तसिंह राजपूतका बुबा केके सिंहले प्रेमिका रिया चक्रवर्तीविरुद्ध मुद्दा (एफआईआर) दायर गराएदेखि उनी ‘फरार’ भएकी छन् । बिहार प्रहरीको टोली बुधबार अभिनेत्री रियासँग सोधपुछ गर्न मुम्बईस्थित उनको घरजाँदा घरमा थिइनन् । जसकारण बिहार प्रहरी रित्तै फर्किनुपरेको थियो । 

खबरका अनुसार रिया बिहार प्रहरीको सोधपुछभन्दा अघि अग्रिम जमानतका लागि आफ्नो मुद्दा पेस गर्न चाहन्छिन् । भारतीय सञ्चारमाध्यमका अनुसार रियाले बिहार प्रहरीमा दायर भएको मुद्दाको छानबिन गर्न मुम्बई प्रहरीलाई सुम्पिनुपर्ने माग राख्दै सर्वोच्च अदालतमा निवेदन दर्ता गराइसकेकी छिन् ।

Prabhu Bank
Agni Group
NIC Asia

आफूविरुद्ध मुद्दा दायर भएसँगै रियाले बचाउका लागि भारतका सबैभन्दा ठूला  वकिल सतिशमाने सिन्देको सहयोग लिइरहेकी छन् । जसले सलमान खानदेखि सञ्जय दत्तको केस हेरिसकेका छन् ।

केके सिंहले रियाविरुद्ध ठगी, आत्महत्या गर्न उत्तेजित गरेको र मानसिक पीडा दिएको भन्दै मंगलबार बिहार प्रहरीमा ६ पानाको उजुरी दर्ता गराएका हुन् । 

Global Ime bank

रियाविरुद्ध उजुरी दर्ता भएसँगै बलिउड कलाकारदेखि भारतका राजनीतिक विश्लेषकहरूले पनि केके सिंहले राम्रो गरेको र रियालाई सजाय दिनैपर्ने कुरामा जोड दिइरहेका छन् । (नवभारत टाइम्स)
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, साउन १५, २०७७  १२:१६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement