site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
सानेपाविरुद्ध समाज कल्याणको सहज जित
SkywellSkywell

काठमाडौं । सहिद स्मारक 'सी' डिभिजन लिगमा समाज कल्याण खेलकुद केन्द्रले सानेपा क्लबविरुद्ध ४–० को सहज जित निकालेको छ ।

मंगलबार सातदोबाटोस्थित एन्फा मुख्यालयमा भएको खेलमा सन्तोष श्रेष्ठ, सन्दीप सेन्चुरी, निरज परियार र मिलन स्याङतानले समान एक गोल गरे ।

Dabur Nepal
NIC Asia

खेलको ३३औँ मिनेटमा सन्तोषले गोल गर्दै समाज कल्याणलाई अग्रतामा राखेका थिए । पहिलो हाफको इन्जुरी समयमा सन्दीपले गोल गर्दै समाज कल्याणको अग्रता दोब्बर बनाए । ७५औँ मिनेटमा निरजले टिमको अग्रतालाई ३–० को अवस्थामा पुर्‍याए ।

यस्तै, पहिलो हाफको इन्जुरी समयमा मिलनले गोल गरेपछि समाज कल्याणले ४–० को जित निश्चित गरेको हो ।

जितसँगै नौ खेलबाट १६ अंक जोडेको समाज कल्याण तालिकाको चौथो स्थानमा उक्लिएको छ । समान खेलबाट ११ अंक जोडेको सानेपा तालिकाको नवौँ स्थानमा छ ।

आजै भएको पहिलो खेलमा सामाजिक युथ क्लब र खालीबारी युथ क्लबले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, जेठ ८, २०८१  २३:४५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu