site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
‘केजीएफ २’ मा सञ्जयको योद्धा लुक
Sarbottam CementSarbottam Cement

एजेन्सी । ‘केजीएफ २’ मा अभिनेता सञ्जय दत्तको पात्र अधिराको लुक भएको पोस्टर सार्वजनिक गरिएको छ । अभिनेता दत्तको ६१औं जन्मदिनको अवसरमा बुधबार पोस्टर सार्वजनिक गरिएको हो ।

रिलिज पोस्टरमा दत्तको लुक ‘भाइकिंग्स’ सिरिजका योद्धासँग मिलेको छ । पोस्टर ट्विटर ह्यान्डलमा सेयर गर्दै दत्तले लेखेका छन्, “यसमा काम गर्न पाउँदा खुसी लाग्यो, जन्मदिनको अवसरमा योभन्दा राम्रो उपहार म माग्न सक्दिनँ ।”

Prabhu Bank
Agni Group
NIC Asia

अभिनेता सञ्जयको विशाल शारीरिक बनावट र लुकले उनलाई ‘केजीएफ २’ को खलनायकको भूमिकामा सुहाएको छ । अधिरालाई थानोससँग तुलना गर्दै सञ्जय भन्छन्, “केजीएफको अधिरा निकै शक्तिशाली पात्र हो । यो एभेन्जर्सको थानोसभन्दा पनि शक्तिशाली पात्र हो ।”

खलनायक अधिरा एक रहस्यमय पात्र भएको निर्देशक प्रशान्त नीलले बताए । यद्यपि अधिरा एक क्रुर मालिकका रूपमा चिनिए पनि उनी बोलीको पक्का र बफादार भाइ पनि हुन् । 

Global Ime bank

यसअघि चलचित्र ‘अग्निपथ’ मा सञ्जयले निभाएको खलनायक पात्र कान्चा चिना हिन्दी चलचित्रका खलनायक पात्रहरूबीच आइकनिक बनेको थियो । 

यसै वर्षको अक्टोबर २३ मा रिलिज मिति तोकिएको यस चलचिको महामारीका कारण छायांकन स्थगित भएसँगै रिलिजबारे अन्योल भएको छ । (इन्डियन एक्सप्रेस)
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, साउन १४, २०७७  १३:०३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement