राजनीति

काठमाडौं । राप्रपाका नेता सुनिलबहादुर थापा कांग्रेस प्रवेश गरेका छन् । उनीसहित १३ जना नेता कांग्रेस प्रवेश गरेका हुन् । उनलाई सभापति शेरबहादुर देउवाले सदस्यता प्रदान गरेका थिए ।
कांग्रेस नेता रामचन्द्र पौडेलले पार्टीमा प्रवेश गरेका थापासहितका नेताहरुलाई माला लगाएर स्वागत गरेका थिए भने देउवाले सदस्यता प्रदान गरेका थिए । राप्रपा नेता तथा पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाका छोरासमेत रहेका सुनिलले केहीदिन अघि राप्रपा परित्याग गरेका थिए ।
उनीहरुले सामूहिक राजीनामासमेत दिएका थिए ।
प्रकाशित मिति: मंगलबार, साउन १३, २०७७ १६:२४
प्रतिक्रिया दिनुहोस्