site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
दर्शकसँग जोडिन ‘शैली संवाद’
Sarbottam CementSarbottam Cement

काठमाडौं । काठमाडौंको रातोपुलमा रहेको ‘शैली’ नाटकघरले ‘शैली संवाद’ शीर्षकमा भर्चुअल संवाद थालेको छ ।

नाटक मञ्चन ठप्प भए पनि दर्शकसँग जोडिरहने उद्देश्यका साथ यस कार्यक्रम सुरु गरिएको हो । यसका लागि थिएटरको फेसबुक पेजमार्फत लाइभमा जोडिएर विभिन्न क्षेत्रमा क्रियाशील व्यक्तित्वसँग भलाकुसारी गर्ने गरिन्छ ।

शैलीका महासचिव एवं कार्यक्रमका परिकल्पनाकार नारायण न्यौपाने भन्छन्, “लकडाउनपछि पनि जीवन अझै सहज नभएकाले ठूलो समूह नाटकघर आएर काम गर्ने अवस्था छैन । हाम्रा साथीहरू पनि उपत्यकाबाहिर आआफ्नो घर गएका छन् । यस कारण पनि भर्चुअल माध्यमबाट दर्शक र सहकर्मीसँग सम्बन्ध कायम राख्न सानो समूहमा काम थालेका हौं ।”

Prabhu Bank
Agni Group
NIC Asia

उनका अनुसार ‘शैली संवाद’ को औपचारिक सुरुवात ११औं राष्ट्रिय बाल नाटक महोत्सवबाट भएको थियो ।

नाटक मञ्चनको काम रोकिए पनि भर्चुअल कार्यक्रमबाट शैली सक्रिय देखिएको हो । कार्यक्रम संयोजक तथा प्रस्तोता सरस्वती अधिकारीका अनुसार दर्शकबाट राम्रो प्रतिक्रिया आएको कारण यसलाई निरन्तरता दिइएको हो ।  गएको शनिबार रंगकर्मी, कलाकार तथा निर्देशक प्रह्लाद खनालसँग कुराकानी गर्दै ‘शैली संवाद’ को यो सिजन सुरु भएको हो ।

Global Ime bank

यस्तै सोमबार सगुना शाहले नेपालमा किताब अध्ययन गर्ने बानीको विकास र रंगमञ्चमा केन्द्रित भएर आफ्नो अभिव्यक्ति दिएकी थिइन् ।

दिन बिराएर गरिने शैली संवाद निरन्तर दुई साता चल्ने अध्यक्ष नवराज बुढाथोकीले जानकारी दिए । दिउँसो ४ बजे शैली थिएटरको अफिसियल फेसबुक पेजमार्फत लाइभ हेर्न सकिनेछ । 

यसैगरी साउन १४ गते नाटककार अशेष मल्ल, १६ गते प्याब्सन महासचिव कुमार घिमिरे, १८ गते समीक्षक तथा निबन्धकार कुमारी लामा, २० गते निर्देशक तथा कलाकार रीता साह, २२ गते कला–पत्रकार वर्षा महर्जन, २४ गते लेखक अभिमन्यु निरवी र २६ गते ‘किताब यात्राका’ प्रबन्ध निर्देशक विकेश भट्टराई अतिथि रहेछन् ।
 

 

 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, साउन १३, २०७७  १४:४३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement