site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
अस्पतालको एक्लो रात मेरो बुबाको शब्दले भरिन्छ : अमिताभ बच्चन
Sarbottam CementSarbottam Cement

एजेन्सी । अभिनेता अमिताभ बच्चनले आइतबार राति अस्पतालको शय्याबाट बुबा हरिवंश राय बच्चनलाई सम्झिएका छन् ।

आफ्नो बुबालाई सम्झिँदै उनले आइतबार राति ट्विटर ह्यान्डलमा एउटा भिडियो सेयर गरेका छन् । उनले आइसोलेसनको एक्लोपन र खालीपनले भरिएको रातहरू बुबाका शब्दहरूले भरिने भन्दै बुबाले लेखेको कविता वाचन गरेको भिडियो सेयर गरेका हुन् ।

Prabhu Bank
Agni Group
NIC Asia

अमिताभले भिडियोको क्याप्सनमा लेखेका छन्, “बुबाको कविताको केही पल । कवि सम्मेलनहरूमा उहाँ यसैगरी वाचन गर्नुहुन्थ्यो । अस्पतालको एक्लोपनमा उहाँको धेरै याद आउँछ, उहाँकै शब्दहरूको साहारामा खाली र एक्लो रात बिताउछु ।”

एकदिनअघि मात्रै उनले आइसोलेसनमा बस्दाको एक्लोपन र यसले संक्रमितको मानसिक स्वास्थ्यमा पार्ने असरबारे उल्लेख गरेका थिए । पछिल्लो १३ दिनदेखि नानवटी अस्पतालमा उपचार्थ उनको स्वास्थ्यमा सुधार आइरहेको छ ।
(इन्डियन एक्सप्रेस)
 

Global Ime bank

 

 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, साउन १२, २०७७  १२:१८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement