site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
पुर्नबास र कारबाहीको माग गर्दै चेपाङ्‌ले बुझाए ज्ञापनपत्र
Sarbottam CementSarbottam Cement

चितवन । माडी नगरपालिका वडा नम्बर ९ कुसुमखोलामा बसोबास गर्दै आएका चेपाङ्‌को घरमा आगो लगाइएको विषयमा चेपाङ्‌ संघ वागमती प्रदेश र नेपाल चेपाङ्‌ संघ,जिल्ला समन्वय समिति, चितवनले ज्ञापन पत्र बुझाएको छ । 

सिमान्तकृत  चेपाङ् समुदायलाई संरक्षण गर्नुको साटो उनीहरुको घरमा निकुञ्‍न प्रशासनले आगो लगाएको भन्दै ती चेपाङ्‌हरुको पुर्नवासको व्यवस्था र दोषीउपर कारवाहीको माग राख्दै आज प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराई समक्ष ज्ञापनपत्र बुझाएका हुन । 

Prabhu Bank
Agni Group
NIC Asia

संघका अध्यक्ष खुशीलाल चेपाङ्‌ र समितिका अध्यक्ष भीम बहादुर चेपाङ्‌द्वारा हस्ताक्षरित ज्ञापनपत्रमा लेखिएको छ,"साउन ३ गते निकुञ्‍न प्रशासनबाट  खटिएको टोलीले ७ वटा हात्ती प्रयोग गरी चेपाङ्‌ समुदायको घर भत्काउने, पाक्न लागेको मकैबाली नष्ट गर्ने र आगजनी गर्ने कार्य भएको छ । विश्वमा महामारी रुपमा फैलिएको कोरानाको प्रकोपसँगै बाढीको त्रासमा समेत रहेका चेपाङ् समुदायमा दैनिक जीवनयापन गर्न कठिन भइरहेको बेला प्रशासनले निरंकुशता र दमनको झल्को दिने गरी गरिएको निकृष्ट र अपराधी कार्य गरेको भन्दै घटनाको तीब्र भत्र्सना गर्दछौं ।"

उनीहरुले ती चेपाङ्‌को लागि पुर्नवास, दोषीलाई कारवाही र उनीहरुको लागि वैकल्पिक जीवनयापनको व्यवस्था र निकुञ्‍जलाई हानी नपुग्‍ने श्रोत र साधन प्रयोगकको प्रतिबन्ध समेत हटाउन माग गरेका छन । 

Global Ime bank

यस्तै उनीहरुले लोपोन्मुख, चेपाङ्‌ समुदायको लागि शिक्षा र रोजगारको व्यवस्थाको साथै उनीहरुको अबदेखि रीतिरिवाज, परम्परालाई खलल नपुर्‍याउन समेत माग गरेका छन् । 

ज्ञापनपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी भट्टराईले उक्त घटनाप्रति दुःख व्यक्त गर्दै घटनाको सुक्ष्म अध्ययन गरी दोषीउपर कारवाही हुने आश्वासन दिएका छन् । 

उक्त बस्तीमा २०४८ सालदेखि कुसुमखोला क्षेत्र वरपर चेपाङ्‌हरु बस्दै आएका थिए । सुरुवाती क्षणमा १६० वटा घर रहेपनि हाल आगो लागेको क्षेत्रमा १५ वटा घर रहेको बताइएको छ ।  


 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, साउन ८, २०७७  १७:३७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement