विशेष
काठमाडौं । आज राष्ट्रिय धान दिवस ।‘धान उत्पादनमा वृद्धि-आत्मनिर्भरता र समृद्धि’ नाराका साथ सुरु भएको १७औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सवमा कोरोना महामारीका कारण २५ जनाभन्दा बढी मानिस भेला हुनु नपाउने व्यवस्था गरेको छ ।
यद्यपि २५ जनाभन्दा बढी रोपारबाट रोपाइँ गर्नुपर्ने भए एक अर्का बीचको दूरी ६ फिट कायम राख्नुपर्ने सरकारले निर्देशन दिएको छ । आज दही चिउरा खाएर रोपाइँ दिवस मनाउने गरिन्छ ।
राष्ट्रिय धान दिवसको अवसरमा काठमाडौंको टोखा नगरपालिका- २ को उइरल फाँटका खेतमा रोपाइँसँगै हिलो खेलेर किसानहरुले रोपाइँ दिवस मनाएका छन् ।
प्रकाशित मिति: सोमबार, असार १५, २०७७ १८:१६
प्रतिक्रिया दिनुहोस्