site stats
बाह्रखरी :: Baahrakhari
देश
अस्पताल निर्देशकसहित २१ जना होम क्‍वारेन्टिनमा

दाङ । दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका अस्पताल निर्देशक सहित २१ जना होम क्‍वारेन्टिनमा बसेका छन् ।

अस्पतालमा उपचारका लागि आएका बिरामीमा करोना भाइरसको संक्रमण देखिएपछि उनीहरु क्वारेन्टिनमा बसेका हुन् ।  

Argakhachi Cement Island Ad

प्रतिष्ठानकी उपकुलपति डा. संगिता भण्डारीका अनुसार चारजना डाक्टर, ११ जना नर्स र ६ जना स्वास्थ्यकर्मी क्वारेन्टिनमा बसेका छन् । अस्पतालको मेडिकल वार्डमा उपचारका क्रममा रहेका बिरामीमा कोरोना संक्रमण देखिएपछि उनीहरुलाई होम क्वारेन्टिनमा राखिएको उनले बताइन् ।

घोराही उपमहानगरपालिकाको एउटा वडा कार्यालय र दुईवटा स्वास्थ्य कार्यालय मंगलवारदेखि सिल गरिएको छ । घोराही २ को सहरी स्वास्थ्य प्रवर्द्धन केन्द्र सिल गरिएको छ ।

प्रकाशित मिति: मंगलबार, असार २, २०७७  १८:५५
प्रतिक्रिया दिनुहोस्