site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
देश
Global Ime bankGlobal Ime bank
कोल्टीको खाद्य डिपोमा सकियो चामल
SkywellSkywell

बाजुरा । बाजुराको कोल्टीस्थित खाद्य व्यवस्थापन तथा व्यापार कम्पनी लिमिटेडको डिपोमा चामल अभाव भएको छ । 

जिल्लाभरको खाद्यान्न सङ्कट समाधानका लागि स्थापना भएको सो डिपोमा चामलको अभाव भएपछि लकडाउनको समयमा विपन्‍न जनतालाई चामल वितरण गर्न सकेको छैन । कम्पनीले सार्वजनिक सूचनामार्फत डिपोमा चामल सकिएको भन्दै यही जेठ २१ गतेबाट अर्को सूचना जारी नहुँदासम्म चामल बिक्रीमा रोक लगाएको छ । 

आर्थिक वर्ष २०७६-७७ मा ढुवानी अनुदानको चामल सात हजार क्विन्टल बिक्री वितरण भइसकेको र कम्पनीको गोदाममा न्यूनतम मौज्दात भएकाले वितरण रोकेको डिपो प्रमुख नवीनप्रसाद आचार्यले बताए । 

KFC Island Ad
NIC Asia

विश्वमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) महामारीका बेला खाद्य कम्पनीमा चामल सकिनु बाजुरामा खाद्य सङ्कट शुरुवातको सङ्केत भएको नागरिक समाज बाजुराका संयोजक जनेश भण्डारीको भनाइ छ । हातमा पैसा भए पनि डिपोमा चामल नरहेकाले बजारमा महँगो मूल्यमा किनेर खाने गरेको बूढीनन्दाका स्थानीय प्रयागराज उपाध्यायले बताए ।

जिल्लाका व्यापारीहरुले लकडाउनको मौका छोपेर दैनिक उपभोग्य वस्तुमा मूल्य बढाएका छन् । व्यापारीले एक बोरा चामलमा २ सयदेखि ३ सयसम्म मूल्य बढाएको स्थानीयवासीको भनाइ छ । 

लकडाउन र बर्खा लागेको भन्दै व्यापारीले दैनिक उपभोग्य वस्तुको मूल्य बढाए पनि अहिलेसम्म बजार अनुगमन भएको छैन । लकडाउले दैनिक रोजगारी जान पनि समस्या भएको र पारिश्रमिक पनि समयमा नपाएका बेला अझ महङ्गो चामल किनेर खानुपरेको स्थानीयवासीको गुनासो छ । 
    
लकडाउनको सयमा खाद्यले आपूर्ति व्यवस्थालाई सहज बनाउन नसक्दा विपन्न परिवार महङ्गो मूल्यको चामल खान बाध्य छन् । एकातिर यो महामारीको समयमा खाद्य सङ्कट, अर्कोतिर कोल्टी क्षेत्रका स्थानीय हाटबजारमा बजार अनुगमन नहुँदा दैनिक उपभोग्य सामानमा कालोबजारी भएको भए पनि अनुगमनमा कुनै वास्ता नभएको त्यहाँका स्थानीयवासीको गुनासो छ ।

कोल्टीमा रहेको खाद्य व्यवस्थापन तथा व्यापार कम्पनीको डिपो बूढीनन्दा नगरपालिका, स्वामिकार्तिक, जगन्नाथ र हिमाली गाउँपालिकाको सेवा क्षेत्रभित्र पर्ने गरेको छ । खाद्य व्यवस्थापन तथा व्यापार कम्पनीको बाजुरा शाखाका प्रमुख मेखराज ओझाले चामल सकिएको र अब बाँकी ६०० क्विन्टल मौज्दात रहेको छ, त्यो पनि केही दिनबाट बिक्री गर्ने योजना रहेको बताउनुभयो । 

चामलको मौज्दात सकिएको बारे जानकारी सुदूरपश्चिम प्रदेश तथा सङ्घीय सरकारलाई जानकारी गराएका छौँ, दुई हजार क्विन्टल थप चामल माग पनि गरेका छौँ, अहिलेसम्म माथिबाट कुनै जानकारी नआएको ओझाको भनाइ छ । हामी डिपोमा चामल किन्न जाने गरेका छौँ, त्यहाँ चामल बिक्री नगर्ने बताएपछि फिर्ता हुने गरेको स्थानीयवासी मालती रोकायाले बताएकी छन् ।

प्रमुख जिल्ला अधिकारी कृष्ण गैरेले आफूलाई त्यसबारे कुनै पनि जानकारी नभएको बताउनुभयो । त्यस्तो नहुनुपर्ने हो, बुझेर समस्या समाधान गर्ने जानकारी दिएका छन् । यता मार्तडीमा खाद्य व्यवस्थापन तथा व्यापार कम्पनी शाखामा भने अझै ९०० क्विन्टल चामल मौज्दात रहेको र केही चामल आउँदै गरेको मार्तडी शाखा प्रमुख मेघराज ओझाले बताए । - रासस

NIBLNIBL
प्रकाशित मिति: शनिबार, जेठ ३१, २०७७  ००:५०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
किन नहोस् त देश बर्बाद !
किन नहोस् त देश बर्बाद !
SubisuSubisu
Hamro patroHamro patro