site stats
बाह्रखरी :: Baahrakhari
देश
 दाङमा भोलिदेखि मालपोत कार्यालय खुल्‍ने
Argakhachi Cement Island Ad

दाङ । जिल्लामा भोलिदेखि मालपोत कार्यालय खुल्ने भएका छन् । भूमि व्यवस्थापन तथा अभिलेख विभागको मालपोतर भूमिसुधार शाखाले सूचना निकालेर कार्याल खुल्ने निर्देशन गरेसँगै मालपोत कार्यालय खुल्ने भएका हुन् ।

जसले जेठ २५ गतेदेखि कार्यालय प्रमुख अनिवार्य रूपमा कार्यालयमा उपस्थित हुनुपर्ने तथा आवश्यक कर्मचारीलाई पनि उपस्थित गराउन निर्देशन दिएको छ । 

भूमिसुधार शाखाले सूचना मार्फत स्वास्थ्य सुरक्षा सतर्कता अपनाई कार्यालयका आन्तरिक प्रशासन व्यवस्थापन तथा अन्य अत्यावश्यक सेवा सुचारू गर्न आग्रह गरेको छ । चैत ११ देखि नेपालमा सुरु लकडाउन सुरु भएपछि कार्यालय बन्द भएका थिए । 
 

प्रकाशित मिति: शनिबार, जेठ २४, २०७७  २१:४६
प्रतिक्रिया दिनुहोस्