site stats
बाह्रखरी :: Baahrakhari
देश
रुकुम पश्‍चिमको प्रहरी चौकीमा आक्रमण गर्ने वडाध्यक्ष पक्राउ
Argakhachi Cement Island Ad

दाङ । प्रहरी चौकीमा आक्रमण गर्ने  रुकुम पश्चिमका एक वडाध्यक्ष पक्राउ परेका छ्न् । मुसीकोट नगरपालिका वडा नं- १३ का वडाध्यक्ष दीपक केसीलाई प्रहरीले बुधवार दिउँसो पक्राउ गरेको हो ।

"प्रहरीले केहीबेर अघि चौकीमा आक्रमण गरेको अभियोगमा वडाध्यक्षलाई पक्राउ गरेको छ," एक प्रहरी अधिकारीले भने । वडाध्यक्षकेसीले मंगलबार बेलुका सवा ८ बजेतिर मदिराले मातेपछि ग्याङसहित वडा नं- १४ स्थित अस्थायी प्रहरी पोष्ट छिवाङमा आक्रमण गरेका थिए ।

प्रहरी पोष्ट इञ्चार्ज धनबहादुर साउदले मंगलवार बेलुका सवा ८ बजेतिर मदिराले मातेर आएको वडाध्यक्ष नेतृत्वमा उनका भाई राजन केसी, छोरा विमर्ष केसी, खिमराज गिरी, हरि ददेल, पूर्णबहादुर ददेललगातयको ३०-४० जनाको समूहले प्रहरी पोष्टमा आएर एक्कासी ढुँगामुडा गर्दै तोडफोड गरेको जानकारी दिएका थिए ।

प्रकाशित मिति: बुधबार, जेठ २१, २०७७  १८:०६
प्रतिक्रिया दिनुहोस्